गान्तोक, 05 अप्रेल। सिक्किम बिर गोर्खा भूतपूर्व सैनिक कल्याण संघ र जीआरडी घूमको संयुक्त पहलमा आज याङगाङ वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय सेनाको अग्निबीर जनरल ड्यूटीको भर्नाको प्रक्रियाबारे एक सचेतना कार्यक्रम आयोजना गरियो। सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापाको दिशा निर्देशमा आयोजित सचेतना कार्यक्रमको मुख्य उद्देश्य अग्निपथ योजना मार्फत युवाहरुलाई भारतीय सेनामा भर्ना हुने अवसर र लाभबारे जानकारी गराउनका साथै युवाहरूलाई प्रेरित गर्नु रहेको थियो।
अग्निपथ योजनाले चार वर्षको सेवा अवधि प्रदान गर्दछ, जसमा करियरमा उन्नतिको अवसर र विभिन्न लाभ पनि सामेल छन्। यस अवसरमा मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, सीएलसी अध्यक्ष तेङ्गेला नाम्खा भोटिया, खण्ड विकास अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Leave a comment