पाकिम, 04 मई। सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको शुभ अवसरमा आज रम्फू माइनिङ ग्राउण्डमा मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न भयो। यस खेलको आयोजना सिक्किम क्रिकेट एसोसिएशनले गरेको थियो।
मुख्यमन्त्री एकादश टोलीको अगुवाई स्वयं मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए भने मुख्य सचिव एकादश टोलीको अगुवाई मुख्य सचिव आर. तेलाङले गरेका थिए। टस जितेर मुख्यमन्त्री एकादशले पहिला ब्याटिङ गर्ने निर्णय लिॅंदै 20 ओभरमा 9 विकेट गुमाएर कूल 122 रनको लक्ष्य प्रतिद्वन्दी दल समक्ष राखेको थियो। मुख्यमन्त्रीले 23 बल खेलेर 18 रन बनाए।

लक्ष्यलाई पछ्याउॅंदै मुख्य सचिव एकादशले 19 ओभरमा 6 विकेट गुमाएर 126 रन बनायो। मुख्य सचिव एकादशले 4 विकेटले खेल आफ्नो नाम गऱ्यो। पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानले 35 बलमा 56 रन बनाए वापत उनलाई म्यान अफ् द म्याच चयन गरियो।
मुख्यमन्त्री एकादशको तर्फबाट विधायक सन्जित खरेल र मुख्य सचिव एकादशको तर्फबाट भवेश ख्यालियाले 3-3 विकेट लिए।
