By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
Latest NewsPolitics

एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो

Aaron Rai
Last updated: June 7, 2025 5:22 pm
Aaron Rai Published June 7, 2025
Share
SHARE


गान्तोक, 07 जून। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सिक्किम सरकारको गृह विभागद्वारा गोर्खा सेवा सेनासँग सम्बन्धित नोएल शर्मा, बिक्रमादी राई र सुभाषमणि सिंह विरुद्ध एफआईआर दर्ता गरेको कुरालाई खुलेर स्वागत जनाएको छ। सरकारको यस्तो निर्णयले सिक्किमको कानुनी व्यवस्था, सामाजिक शान्ति र पहिचानको रक्षा गर्नेछ भन्ने एसकेएमले विश्वास व्यक्त गरेको छ।
एसकेएम पार्टीका प्रवक्ता बिकास बस्नेतले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, यी व्यक्तिहरूले “दार्जिलिङ–सिक्किम एकीकरण” भन्ने अस्वीकार्य र अविवेकी विषयमा कार्यक्रम आयोजना गर्न गैरकानुनी तरिकाले सिक्किम सरकारको लोगो र “सुनौलो, समृद्ध अनि समर्थ सिक्किम” को आधिकारिक थिम प्रयोग गरेका छन्। सुभाषमणि सिंह गृह विभागमा आरटीआई अपीलको कानुनी सुनुवाईमा सहभागी भएका थिए, तर त्यसपछि पत्रकार सम्मेलनमार्फत त्यस सुनुवाइलाई “सरकारसँग छलफल भएको” झैँ देखाउँदै जनतालाई भ्रममा पार्ने झुटो प्रचार गरिएको थियो।
सिक्किम सरकारको भनाइ अनुसार, यी सबै कार्यहरू सिक्किम राज्य सरकारको छविमा आघात पुर्‍याउने, सामाजिक सद्भाव बिगार्ने र जनताको भावना भड्काउने नियोजित प्रयास हुन्। उनीहरू विरुद्ध भारतीय न्याय संहिता, 2023 अन्तर्गत धारा 152 (राष्ट्रिय एकता र अखण्डतामा खतरा पुर्‍याउने), धारा 196 (समुदायबीच वैमनस्य फैलाउने), र धारा 336 (झुटो दस्तावेज बनाएर जनतालाई भ्रममा पार्ने) लगायतका गम्भीर मुद्दा लगाइएको छ।
एसकेएम गोर्खा सेवा सेनाको कार्यलाई राज्यको संवैधानिक मर्यादा र सांस्कृतिक पहिचानमाथिको गम्भीर हमला ठहर गरेको छ। प्रवक्ता बस्नेतले भनेका छन्, सिक्किम र दार्जिलिङबीच सदियौंदेखिको कायम आपसी समझदारी र भाइचारा यस्ता केही सीमित स्वार्थी तत्वहरूले बिगार्न खोज्नु अत्यन्त निन्दनीय छ। सिक्किमवासीहरूले कहिल्यै पनि “दार्जिलिङ–सिक्किम एकीकरण” भन्ने अनौठो र अवास्तविक विचारको समर्थन गरेका छैनन्, बरु सधैं गोर्खाल्याण्ड राज्यको मागलाई संवेदनशील रूपले समर्थन गरेका छन्।
उनले एसकेएम पार्टी र मुख्यमन्त्री पीएस गोलेले पार्टी स्थापनाकालदेखि नै यस्ता समाज विरोधी विचारको कठोर विरोध गर्दै आएको स्पष्ट गरेका छन्। वर्तमान सरकारले सिक्किमको स्वाभिमान र विशेष अधिकार जोगाउन कुनै पनि हदसम्म जानेछ भनी उनले दृढ विश्वास व्यक्त गरेका छन्। उनले जनताको भावना आहत पार्ने यस्ता कार्यलाई सधैंका लागि रोकिने गरी कडा कानुनी कारबाही हुने पनि विश्वास व्यक्त गरेका छन्, ताकि भविष्यमा कुनै पनि व्यक्तिले व्यक्तिगत स्वार्थ वा राजनीतिक लाभका लागि यस्ता अनावश्यक र समाज विघटनकारी एजेन्डा उठाउने साहस नगरोस्।
उनले सम्पूर्ण सिक्किमवासीहरूलाई एकतामा बस्न, सतर्क रहन र यस्तो अनुशासनविहीन कार्यहरूको विरोधमा एक स्वरमा उभिन अपील गरेका छन्। उनले हामी सबैले मिलेर हाम्रो राज्यको शान्ति, पहिचान र अखण्डताको रक्षा गर्नुपर्छ भनी आह्वान पनि गरेका छन्।

भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई

आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने

राज्यपाल र मुख्यमन्त्री जोरथाङ माघे संक्रान्ति मेलामा सन्ध्या आरतीमा सहभागी बने

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEconomyMarketing

पीएम मोदीले ‘मन की बात’ मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे, मुख्यमन्त्रीले दिए बधाई

Aaron Rai Aaron Rai May 25, 2025
Sikkim CM inaugurates synthetic turf playground at Holy Cross School
सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन
Final Day of New Mindrolling Monastery Inauguration Marks Historic Occasion in Tumlong
Sikkim Observes Seven-Minute Vehicular Halt to Raise Environmental Awareness
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?