गान्तोक, 22 जनवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पवित्र तारापीठ मन्दिर भ्रमण गरेर सिक्किम र राज्यका जनताको शान्ति, सद्भाव र समृद्धिको लागि पूजा-प्रार्थना गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्री तामाङले माता तारासँग सम्बन्धित आस्था र भक्तिको पवित्र स्थान तारापीठ मन्दिर भ्रमण गर्न पाएकोमा भाग्यशाली महसुस गरेको बताएका छन्। उनले राज्यको शान्ति, सद्भाव र समृद्धि तथा राज्यवासीहरूको कल्याण, प्रगति र खुशीका लागि माता तारासॅंग भक्तिपूर्वक र विनम्रतापूर्वक प्रार्थना गरेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले माता तात्राको अनुग्रहले हामीलाई एकता, करुणा र सामूहिक विकासको मार्गमा निरन्तर मार्गदर्शन गरिरहनुहोस् भनी कामना पनि गरेका छन्।
Leave a comment


