By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    मुख्यमन्त्रीले अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सामूहिक रूपमा काम गर्न आह्वान गरे
    August 28, 2026
    एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
  • Politics
    PoliticsShow More
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू
EnvironmentHealthOpinion

राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू

Suk Raj Aaron Rai
Last updated: January 28, 2026 6:02 pm
Suk Raj Aaron Rai Published January 28, 2026
Share
SHARE

गान्तोक, 28 जनवरी । राज्यका विभिन्न क्षेत्रहरूमा परेवा र कागको असामान्य मृत्यु भइरहेका घटनाहरू प्रकाशमा आइरहेका छन्। पक्षीहरूका असामान्य मृत्युका कारणहरूको पत्तो लगाउन राज्य पशुपालन एवं पशु चिकित्सा सेवा विभागले स्थितिको मूल्याङ्कन कारबाही शुरू गरेको छ।
राज्य पशुपालन एवं पशु चिकित्सा सेवा विभागले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, हालै राज्यका विभिन्न क्षेत्रहरूबाट परेवा र कागको असामान्य मृत्युका घटनाहरू रिपोर्ट गरिएका छन्, जसमा केही चराहरूमा टर्टीकोलिस, गोलो गोलो घुम्ने, लम्पसार पर्ने, सुस्त हुने र डिप्रेसन जस्ता लक्षणहरू देखा परेका छन्। यी रिपोर्टहरूपछि विभागले स्थितिको मूल्याङ्कन र नियन्त्रण गर्न तत्काल कारबाही शुरु गरेको बताइएको छ।
विभागले भनेको छ, नाम्ची, रानीपूल, बरदाङ र तादोङका प्रभावित क्षेत्रहरूमा पशु चिकित्सक, प्यारा-पशु चिकित्सक र प्रयोगशाला कर्मचारीहरू सम्मिलित द्रुत प्रतिक्रिया टोलीलाई तुरुन्तै घटना भएका स्थानहरूमा खटाइयो। टोलीले प्रभावित क्षेत्रहरूको जॉंच गर्दै प्रभावित चराहरूका नमूनाहरू सङ्कलन गरी थप संक्रमण रोक्न वरपरका क्षेत्रहरूको पूर्ण कीटाणुशोधन गरिएको जनाइएको छ। प्रभावित क्षेत्रहरूमा लक्षण देखा परेका चराहरूलाई तत्काल एन्टिबायोटिकसहित सहायक उपचार प्रदान गरिएको पनि बताइएको छ।विभागले प्रभावित परेवाको सङ्कलन गरिएका नमूनाहरू विस्तृत परीक्षणको लागि राज्य पशु रोग निदान प्रयोगशालामा प्रशोधन गरिएको जनाएको छ। प्रयोगशाला अनुसन्धानले हेमोप्रोटियस कोलम्बे र एमेरिया प्रजातिहरूको उपस्थिति पत्ता लागेको छ। परेवाहरूमा हेमोप्रोटियस कोलम्बेको प्रचलन परजीवी प्रकोप, पोषणको कमी र पर्यावरणीय तनाव जस्ता कारकहरूबाट प्रभावित हुन सक्ने आशंका व्यक्त गरिएको छ। यी परजीवी संक्रमणहरू सामान्यतया परेवामा देखा पर्ने र जुनोटिक प्रसारणसँग सम्बन्धित नरहेको पनि स्पष्ट गरेको छ।
नमूनाहरू रानीखेत रोगको लागि पनि परीक्षण गरिएको र परिणाम नेगेटिभ आएको जनाइएको छ। यसैगरी, ब्याक्टेरियोलोजिकल परीक्षणहरू पनि सञ्चालन गरिएको र परिणाम नेगेटिभ आएकाले पक्षीहरूको मृत्यु ब्याक्टेरियाले भएको हुन सक्ने आशंका समाप्त भएको बताइएको छ।
थप पुष्टिको लागि र सावधानीपूर्वक निगरानी उपायको रूपमा विभागले कोलकाता र भोपाल पनि पठाएको जानकारी गराएको छ। विभागले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र मानिसहरूलाई मृत वा बिरामी चराहरू नछुन र यस्ता घटनाको जानकारी नजिकको पशु चिकित्सा कार्यालयमा गर्न आग्रह गरेको छ।

लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री

Expedition team to study GLOF risks in North Sikkim

एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई

सीएपी सिक्किमको मजदूर परिषदको महत्वपूर्ण समन्वय बैठक सम्पन्न

गान्तोक हिल ट्रेकको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न, स्थानीय पर्यटन र स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastPoliticsSikkim

एसकेएम युवा प्रकोष्ठको युवा अन्तरक्रियात्मक कार्यक्रम आयोजित

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 30, 2025
3rd State Ranking Junior U-19 & 1st Majhitar Open Badminton Championship 2025 concludes
नाम्चीमा परम्परागत लेप्चा रीतिरिवाजसहित टेन्दोङ ल्हो रुम फात पर्वको शुभारम्भ
पिउने पानीको संकटलाई सम्बोधित गर्न भाजपा सिक्किमले गऱ्यो मुख्यमन्त्रीको हस्तक्षेपको माग
एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?