By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे
CultureEconomyLatest NewsSikkimTourism

मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे

Aaron Rai
Last updated: February 8, 2026 3:44 pm
Aaron Rai Published February 8, 2026
Share
SHARE

गान्तोक, 08 फरवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज अप्पर बर्तुक निर्वाचन क्षेत्रअन्तर्गत रेशिथाङ छेउ क्षेत्र विधायक कला राईको उपस्थितिमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे। यस जैविक बजारले किसानहरूलाई आफ्नै खेतमा उत्पादन गरिएको उत्पाद सिधै उपभोक्तासम्म बिक्री गर्न सक्षम बनाउने बताइएको छ।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा सरकारी खर्चबिनै बजार स्थापना गर्न योगदान दिने सबैप्रति आभार व्यक्त गरे। उनले किसानहरूले खेतबाट आफ्नो कृषि उत्पादन सिधै बजारमा बेच्न सकून् भन्ने उद्देश्यले बजारको अवधारणा अघि सारिएको बताए। यसलाई ग्रामीण आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण रहेको उल्लेख गर्दै उनले पसलेहरूसँग कृषि भूमि भएको सुनिश्चित गर्न प्रमाणीकरणको आवश्यकमा जोड दिॅंदै यसले बजारको मौलिक अवधारणालाई सुरक्षित राख्ने बताए।
मुख्यमन्त्रीले राजधानीको भीडभाड कम गर्न शहरी विकास तथा आवास विभागमार्फत रांकामा नयाँ टाउनशिप विकास गरिने घोषणा गरे। यसैगरी, उनले बर्तुक डिग्री ल कलेजलाई माङखिममा स्थानान्तरण गरिने र त्यसपछि शिक्षा विभागलाई हालको कलेज भवन परिसरमा सारिने जानकारी दिए। उनले अप्पर बर्तुकमा नयॉं प्याराग्लाइडिङ ल्यान्डिङ स्पट विकास गरिने घोषणा पनि गरे र अघिल्लो स्थल ‘खेलो इन्डिया’ का लागि छुट्याइएको जानकारी गराए।


मुख्यमन्त्रीले अप्पर बर्तुकका लागि आठवटा सडकसहित २४.६७ किलोमिटर सडक स्वीकृत गरिएको जानकारी गराए। यसरी नै सडक तथा पुल विभागअन्तर्गत ४५० किलोमिटर सडक कालोपत्रे गर्ने टेन्डर स्वीकृत भएको पनि उनले घोषणा गरे। उनले पहिलो चरणमा राष्ट्रिय, राज्य तथा जिल्ला राजमार्गहरू समेटिने र दोस्रो चरणमा फिडर सडकहरू समावेश गरिने अवगत गराए।
मुख्यमन्त्रीले बजार हप्तामा दुई पटक सञ्चालन गर्न सुझाउ दिए र बिचौलियाहरूलाई अनुमति नदिइन जोड दिए। उनले ट्रक स्ट्यान्ड निर्माणको घोषणा गर्दै विभिन्न विभागीय एक्स्पोहरू यही परिसरमा आयोजना गर्न पनि सुझाउ दिए। यस अतिरिक्त, उनले पर्यटन विभागलाई राजधानीका पर्यटकीय गन्तव्यहरूमा यस बजारलाई पनि समावेश गर्न निर्देशन दिए।


आफ्नो सम्बोधनमा क्षेत्र विधायक कला राईले मुख्यमन्त्रीको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै “सुनौलो, समृद्ध अनि समर्थ सिक्किम” को दृष्टिकोण दोहोर्‍याइन्। उनले समृद्धि हासिल गर्न ग्रामीण अर्थतन्त्र सुदृढ पार्न उपयुक्त मञ्चहरू आवश्यक रहेको बताउँदै कृषकहरूले भोगिरहेका चुनौतीहरूमाथि पनि प्रकाश गरिन्। समान सहभागिता सुनिश्चित गर्न स्थायी स्टल स्वामित्व नहुने जानकारी दिँदै बजारलाई खानपान, सांस्कृतिक प्रस्तुति र हस्तकला प्रवर्द्धनको मञ्चका रूपमा पनि विकास गरिने उनले बताइन्।
विधायक राईले भविष्यमा यसलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने लक्ष्यसहित ज्येष्ठ नागरिकका लागि विशेष गरी प्रयोग हुने पर्यावरणमैत्री पार्क निर्माणाधीन रहेको जानकारी दिइन्। उनले युवालाई उद्यमशीलतामा लाग्न प्रोत्साहित गर्दै पहुँच र प्रचार बढाउन समर्पित वेबसाइटसमेत विकास गरिएको जानकारी दिइन्।

You Might Also Like

स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपान्तरणमा चिकित्सा समुदायको भूमिका अमूल्य रहेको मुख्यमन्त्रीको भनाई

CM Golay attends NDA Meeting in New Delhi

राजधानीको वेलनेस पार्कलाई तम्बोलाको लागि प्रयोग गरिएकोमा एसडीएफले गऱ्यो निन्दा

एसआईआरको आधारभूत सन्दर्भको रूपमा १९७४ को मतदाता सूचीलाई प्राथमिकता दिन भाजपाको आग्रह

मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsPoliticsSA Features

मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने

Aaron Rai Aaron Rai June 10, 2025
एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
एसकेएम पार्टीको 14औं स्थापना दिवस समारोहलाई लिएर पहिलो समन्वय बैठक सम्पन्न
Sikkim gets special focus as Centre monitors Himalayan Glaciers amid rising climate change risks
रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?