गान्तोक, 12 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहिबार दिउँसो सम्मान भवनमा सिक्किम एङ्गलर्स एसोसिएशन लगायत मत्स्यपालन, पर्यटन, सडक तथा पुल, वन तथा खेलकुद विभागका अधिकारीहरूसँग एक बैठकको अध्यक्षता गरे। बैठकमा सिक्किमलाई माछा मार्ने एक प्रमुख गन्तव्यको रूपमा विकास गर्ने सम्भावनामाथि छलफल गरिएको सीएमआले आज बताएको छ।
बैठक राज्यका निर्मल तालहरू र विविध जलीय प्रजातिहरू प्रदर्शन गर्दै माछाको संरक्षण सुनिश्चित गर्न माछा मार्ने र छोड्ने अभ्यासलाई प्रवर्द्धन गर्ने कुरामा केन्द्रित थिए।
मुख्यमन्त्रीले जलचर जीवनको संरक्षण र जिम्मेवार माछा मार्ने अभ्यासहरूलाई प्रोत्साहन गर्ने कुरामा जोड दिँदै यसलाई दिगो खेलको रूपमा प्रवर्द्धन गर्ने कुरामा पनि छलफल गरे। उनले यस पहलको उद्देश्य प्रकृतिमा आधारित पर्यटन मार्फत स्थानीय अर्थतन्त्रलाई समर्थन गर्नु र दिगो माछा मार्ने अभ्यासबारे जागरूकता सिर्जना गर्नु रहेको बताए।
मुख्यमन्त्रीले समृद्ध जैविक विविधता र रमणीय जलस्रोतहरूका साथ सिक्किममा मनोरञ्जन, संरक्षण र सामुदायिक सहभागितालाई सन्तुलनमा राखेर माछा मार्ने पर्यटन विकासको उल्लेखनीय सम्भावना रहेको बताए।
Leave a comment


