गान्तोक, 12 अप्रेल । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज दार्जिलिङ-सिक्किम डायोसिसका बिशप स्टेफन लेप्चासॅंग दार्जिलिङस्थित बिशप हाउसमा शिष्टाचार भेट गरे। उक्त जानकारी उनले आज सामाजिक सञ्जाल पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग भेट गरी उनको स्वास्थ्यबारे जानकारी लिए भने इस्टरको हार्दिक शुभकामना पनि व्यक्त गरे। उनले बिशपलाई सुस्वास्थ्य, शान्ति र दिव्य आशीर्वादको कामना गरे।
यस अघि मुख्यमन्त्रीले बिशप लजमा पूर्वी हिमालय डासोसिसका बिशप रेभरेन्ड रोशन प्रधानसॅंग भेट गरे। यस अवसरमा आफुलाई सम्मानित गरिएकोमा खुशी व्यक्त गर्दै उनले आभार व्यक्त गरेका छन्। उनले समाजको हितका लागि निरन्तर आशीर्वाद, मार्गदर्शन र सहकार्यको आशा व्यक्त गरेका छन्।
Leave a comment


