By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
Politics

सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: May 26, 2026 4:16 pm
Suk Raj Aaron Rai Published May 26, 2026
Share
SHARE


गान्तोक, 26 मई । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले राज्यका सबै छवटा जिल्ला गान्तोक, नाम्ची, सोरेङ, गेजिङ, मङ्गन तथा पाकिममा जिल्ला कार्यकारी परिषद् बैठकहरूको शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। ८ देखि २६ मई, २०२६ सम्म सञ्चालन गरिएका यी विस्तृत बैठकहरू पार्टीद्वारा संगठनलाई तल्लो तहसम्म सुदृढ़ बनाउने तथा आन्तरिक लोकतान्त्रिक सहभागिता अझ गहिरो बनाउने उद्देश्यले सञ्चालन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।बैठकहरूको अध्यक्षता पार्टी अध्यक्ष गणेश के. राईले गरेका थिए। बैठकहरूमा पार्टीका वरिष्ठ पदाधिकारीहरू, एसीईसी अध्यक्षहरू, कार्यकारी परिषद् सदस्यहरू, पार्टी कार्यकर्ताहरू तथा जिल्ला नेताहरूको सक्रिय सहभागिता रहेको थियो। यस जिल्ला स्तरीय सम्पर्क कार्यक्रमको अन्तिम बैठक आज पाकिम जिल्लाको रिनाक निर्वाचन क्षेत्रअन्तर्गत साजोङमा सम्पन्न भयो। बैठकमा नेताहरू र कार्यकर्ताहरूले स्वतन्त्र रूपमा आफ्ना विचार राख्दै पार्टीको विकास, दिशा तथा भावी आकांक्षाबारे धारणा आदानप्रदान गरे।सम्बोधनका क्रममा पार्टी अध्यक्ष राईले यस्ता संगठनात्मक सम्पर्क कार्यक्रमहरूको महत्त्वमाथि जोड दिँदै राज्यका सबै छवटा जिल्लामा बैठक सम्पन्न हुनु हालका दिनहरूमा पार्टीको एक महत्वपूर्ण उपलब्धि भएको बताए। उनले कुनै पनि राजनीतिक आन्दोलनको शक्ति केवल नेतृत्व संरचनामा मात्र नभई तल्लो तहमा निरन्तर काम गर्ने कार्यकर्तासँग जोडिइरहने क्षमतामा निहित रहने उल्लेख गरे।उनले यी बैठकहरू केवल प्रशासनिक अभ्यास नभई संगठनको भावना बुझ्ने, सुन्ने तथा सिक्ने महत्वपूर्ण प्रक्रिया रहेको बताए। जिल्ला कार्यकारी परिषद्सँग गरिएको व्यापक संवादबाट प्राप्त सकारात्मक सुझाउ तथा मूल्यवान अनुभवहरूले पार्टीको संगठनात्मक आधारलाई अझ सुदृढ़ बनाउन महत्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।संगठन विस्तार तथा संस्थागत सुदृढीकरणप्रतिको पार्टीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दै यी बैठकहरूको अवधिभर विभिन्न जिल्लाका नेता तथा पार्टी सदस्यहरूलाई औपचारिक रूपमा ३०० भन्दा बढी नियुक्तिपत्र वितरण गरिएको थियो। उनले सीएपी सहभागितामूलक नेतृत्व तथा सामूहिक जिम्मेवारीमा विश्वास गर्दछ भन्दै पार्टीले प्रत्येक कार्यकर्तालाई परिवर्तनको यात्राको हिस्सेदारका रूपमा हेर्ने उल्लेख गरे।

मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने

भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो

एसकेएमले नवगठित निर्वाचन क्षेत्रस्तरीय समितिका पदाधिकारीहरूलाई दियो बधाई एवं शुभकामना

२०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी

गणेश राई विरुद्ध सदर पुलिस थानामा प्राथमिकी दर्ता

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

गेजिङ जिल्लाको नाम्बु जीपीयूमा वर्षाले भारी क्षति

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 17, 2025
Railways directed for preliminary feasibility study of Melli-Dentam rail link
मङ्गनमा फिल्म निर्माण र सङ्गीतमाथि दुई दिने मास्टरक्लास शुरू
पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ
जीओसी मेजर जनरल राठोरले राज्यपालसॅंग गरे शिष्टाचार भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?