By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
NationalOpinionPolitics

प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई

Suk Raj Aaron Rai
Last updated: June 11, 2026 7:07 am
Suk Raj Aaron Rai Published June 11, 2026
Share
SHARE

गान्तोक, 10 जून। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा गर्ने कीर्तिमान कायम गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। प्रधानमन्त्री मोदीले स्वर्गीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको कीर्तिमानलाई पार गरेका छन्। एसकेएम पार्टीले ४,३९९ दिनको यो ऐतिहासिक उपलब्धिले समर्पित सेवा, दूरदर्शी नेतृत्व, विकास तथा राष्ट्र निर्माणको असाधारण यात्रालाई प्रतिबिम्बित गरेको बताएको छ।एसकेएम प्रवक्ता बिकास बस्नेतले आज प्रेस विज्ञप्तिमा भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पूर्वाधार, डिजिटल सुशासन, आर्थिक वृद्धि, सामाजिक कल्याण, स्वास्थ्य सेवा, महिला सशक्तीकरण, युवा विकास, राष्ट्रिय सुरक्षा तथा विश्व कूटनीतिका क्षेत्रमा रूपान्तरणकारी प्रगति हासिल गरेको छ। ‘अष्टलक्ष्मी’ को भिजनमार्फत उत्तर-पूर्वी क्षेत्रले अभूतपूर्व प्राथमिकता प्राप्त गरेको छ, जसले यस क्षेत्रमा यातायात तथा सञ्चार सम्पर्क, पूर्वाधार, लगानी, पर्यटन र नयाँ अवसरहरूको विस्तार गरेको छ। प्रधानमन्त्री मोदीको मार्गदर्शन र सहयोगमा सिक्किमले पनि निरन्तर प्रगति गरिरहेको छ।’उनले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको सफल आयोजना तथा विभिन्न महत्वपूर्ण विकास परियोजनाहरूको समर्पणले सिक्किमका जनताको प्रगति र कल्याणप्रति केन्द्र सरकारको प्रतिबद्धतालाई थप स्पष्ट पारेको उल्लेख गरेका छन्। उनले एसकेएमका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा तथा एनडीएका एक गर्विलो सहयोगी दलका रूपमा एसकेएम सरकार विकसित, सशक्त र आत्मनिर्भर राष्ट्र निर्माणको साझा दृष्टिकोण साकार पार्न भारत सरकारसँग घनिष्ठ सहकार्यमा काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। प्रवक्ता बस्नेतले प्रधानमन्त्री मोदीले सिक्किमलाई “पूर्वको स्वर्ग” तथा “अर्किडहरूको बगैँचा” भनेर गरेका आत्मीय सम्बोधनले राज्यका जनतालाई निरन्तर प्रेरित गरिरहेको छ तथा यसले सांस्कृतिक सम्पदाको संरक्षण, पर्यावरणीय संरक्षण र दिगो विकासको मार्गमा आत्मविश्वासका साथ अघि बढ्न उत्साह प्रदान गरेको बताएका छन्। उनले “सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास” को दृष्टिकोणबाट निर्देशित हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई समावेशी विकास र राष्ट्रिय रूपान्तरणको उल्लेखनीय यात्रामा नेतृत्व प्रदान गरिरहेको बताएका छन्।

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

न्यायाधीश मीनाक्षी मदन राई अवकाशपछि सिक्किम फर्किइन्

सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट

बेन काब्रेबाट 17 परिवार सीएपीमा सामेल भएको दाबी

राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आइपुग्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentSA NepaliStartup

विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 15, 2025
ट्रक दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु
नौ दिवसीय 71औं माघे संक्रान्ति मेला 2026 को समापन
मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।
मुख्यमन्त्री तामाङले नीट उत्तीर्ण विद्यार्थीलाई दिए बधाई, शैक्षिक यात्रामा सरकारको सहयोग जारी रहने प्रतिबद्धता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?