नाम्ची 02 अगस्त । राङगाङ याङगाङ निर्वाचन क्षेत्र अन्तर्गत अप्पर राङगाङ जीपीयू, लोवर गाग्योङ र श्रीपतम गाग्योङ जीपीयूमा सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत १६ वटा नवनिर्मित घरहरूको उद्घाटन र चाबी हस्तान्तरण समारोह सम्पन्न गरियो। कार्यक्रममा क्षेत्र विधायक तथा विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा विधायकले १६ जना लाभार्थी परिवारहरूलाई औपचारिक रूपमा नवनिर्मित घरहरूको चाबी हस्तान्तरण गरिन्। लाभार्थी परिवारहरूले नयाँ घर प्राप्त गरेपछि अपार खुशी व्यक्त गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको दूरदर्शी नेतृत्व र एसजीएवाई मार्फत योग्य परिवारहरूका लागि सुरक्षित आवास सुनिश्चित गर्ने अटल प्रतिबद्धताको लागि हार्दिक धन्यवाद दिए।
Leave a comment


