गान्तोक, 12 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्दै युवाहरूले आफ्नो प्रतिभा, दृढ़ संकल्प र उज्ज्वल भविष्य निर्माण गर्ने प्रतिबद्धता मार्फत प्रेरणा दिइरहेको बताएका छन्। उनले समुदाय र राष्ट्रहरूमा सकारात्मक परिवर्तन ल्याउने युवाहरूको उत्साह, रचनात्मकता र आकांक्षाहरूप्रति सम्मान व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा आज जारी आफ्नो सन्देशमा भने, ‘सिक्किममा, हाम्रा युवाहरूले आफ्नो प्रतिभा, दृढ़ संकल्प र उज्ज्वल भविष्य निर्माण गर्ने प्रतिबद्धता मार्फत हामीलाई प्रेरणा दिइरहेका छन्। हामी हाम्रा युवाहरूलाई गुणस्तरीय शिक्षा, अर्थपूर्ण अवसरहरू, सीपहरू र उनीहरूको क्षमतालाई साकार पार्न तथा बलियो, समावेशी एवं प्रगतिशील सिक्किम र भारतको निम्ति योगदान पुर्याउन सही समर्थन प्रदान गर्दै सशक्त बनाउँदै जाऔं।’
उनले हाम्रा युवाहरू साहसपूर्वक सपना देख्न, आत्मविश्वासका साथ नेतृत्व गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन जारी राखुन् भनी शुभकामना पनि व्यक्त गरेका छन्।
Leave a comment


