By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम पुलिसलाई राष्ट्रको सर्वोच्च पुलिस सम्मान ‘प्रेसिडेन्ट्स पुलिस कलर’ प्रदान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > सिक्किम पुलिसलाई राष्ट्रको सर्वोच्च पुलिस सम्मान ‘प्रेसिडेन्ट्स पुलिस कलर’ प्रदान
National

सिक्किम पुलिसलाई राष्ट्रको सर्वोच्च पुलिस सम्मान ‘प्रेसिडेन्ट्स पुलिस कलर’ प्रदान

Suk Raj Aaron Rai
Last updated: May 28, 2026 4:19 pm
Suk Raj Aaron Rai Published May 28, 2026
Share
SHARE

गान्तोक, 28 मई। भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले सिक्किम पुलिसलाई प्रतिष्ठित “प्रेसिडेन्ट्स पुलिस कलर” प्रदान गरेकी छन्। राजधानीको पाल्जोर स्टेडियममा आज आयोजित एक भव्य समारोहकाबीच राष्ट्रपति मुर्मूले सिक्किम पुलिसलाई “प्रेसिडेन्ट्स पुलिस कलर” ले सम्मानित गरिन्छ। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, पूर्व विधायक कृष्णा कुमारी राई, मुख्य सचिव आर. तेलाङ तथा पुलिस महानिर्देशक अक्षय सचदेवा आदि उपस्थित थिए।समारोहको प्रारम्भमा राष्ट्रपतिलाई सिक्किम पुलिसका जवानहरूले औपचारिक गार्ड अफ अनर तथा राष्ट्रिय सलामी अर्पण गरेका थिए।सभालाई सम्बोधन गर्दै भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रप्रति सिक्किम पुलिसद्वारा पुर्याइएको उत्कृष्ट तथा विशिष्ट सेवाको सम्मानस्वरूप “प्रेसिडेन्ट्स पुलिस कलर” प्रदान गर्न पाउँदा अत्यन्त खुशी लागेको बताइन्। उनले यस सम्मानलाई सम्पूर्ण पुलिस बलका लागि गौरवको विषय भएको उल्लेख गर्दै सिक्किम पुलिससँग सम्बन्धित भूतपूर्व तथा वर्तमान सबै अधिकारी र कर्मचारीहरूलाई बधाई दिइन्।राष्ट्रपतिले समारोहमा सहभागी परेड टोलीहरूको अनुशासित तथा प्रभावशाली प्रदर्शनको पनि प्रशंसा गरिन्। सिक्किम पुलिसको गौरवशाली इतिहासबारे चर्चा गर्दै राष्ट्रपतिले सन् १८९७ मा स्थापना भएको सिक्किम पुलिसले राज्यमा शान्ति, सुरक्षा तथा न्याय कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन्। कानून व्यवस्था कायम राख्नुका साथै प्राकृतिक आपदा तथा कठिन परिस्थितिहरूमा पनि पुलिस बलले समयमै राहत तथा सहयोग पुर्याउँदै उत्कृष्ट सेवा दिएको उनले उल्लेख गरिन्।राष्ट्रपतिले सिक्किम पुलिसका अधिकारीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा हासिल गरेका उपलब्धिहरूको पनि प्रशंसा गरिन्। संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा कार्यरत केही पुलिस अधिकारीहरूले आफ्नो योगदानका लागि यूएन पीसकिपङ मेडल प्राप्त गरेको उनले बताइन्।लोकतान्त्रिक समाजमा पुलिसको बदलिँदो भूमिकाबारे बोल्दै राष्ट्रपतिले भारतको पुलिस प्रणाली ऐतिहासिक रूपमा औपनिवेशिक प्रशासनको प्रभावमा विकसित भएको र त्यसबेला नियन्त्रणमुखी सोच प्रमुख रहेको उल्लेख गरिन्। तर आधुनिक भारतमा पुलिस नागरिकहरूको सहयोगी र मार्गदर्शकका रूपमा विकसित हुनुपर्ने आवश्यकतामा उनले जोड दिइन्। समाजमा विश्वास, पारदर्शिता तथा उत्तरदायित्व निर्माण गर्न पुलिसको भूमिका महत्वपूर्ण रहेको उनले बताइन्।राष्ट्रपतिले पुलिस प्रणालीलाई अझ नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नागरिकहरूले डरबिना पुलिससमक्ष पुग्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्। साथै महिला, बालबालिका तथा समाजका कमजोर वर्गहरूप्रति संवेदनशीलता अपनाउनुपर्नेमा पनि उनले जोड दिइन्।अपराधी पक्राउ गर्नु मात्र पुलिसको उद्देश्य नभई सुरक्षित, सचेत तथा सौहार्दपूर्ण समाज निर्माणमा पनि पुलिसको समान भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपतिले सिक्किम पुलिसले आफ्नो व्यावसायिक तथा जनमैत्री कार्यशैलीमार्फत राज्यमा शान्ति र साम्प्रदायिक सद्भाव कायम राख्न सफल भएको र यसले जनताको माया तथा सम्मान प्राप्त गरेको बताइन्। तीन देशसँग अन्तरराष्ट्रिय सीमा जोडिएको तथा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आगमन हुने रणनीतिक दृष्टिले महत्वपूर्ण राज्य सिक्किममा पुलिसको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण रहेको राष्ट्रपतिले उल्लेख गरिन्। राष्ट्रिय सुरक्षा निकायहरूसँग समन्वय गर्दै पर्यटकहरूको सुरक्षा तथा सहयोग सुनिश्चित गर्नु सिक्किम पुलिसको महत्वपूर्ण दायित्व रहेको उनले बताइन्।राष्ट्रपतिले आधुनिक प्रविधिबाट उत्पन्न साइबर अपराध, अनलाइन ठगी, ह्याकिङ तथा डीपफेकजस्ता चुनौतीहरूको पनि चर्चा गरिन्। यस्ता अपराधसँग प्रभावकारी रूपमा जुध्न पुलिस कर्मचारीहरूलाई नवीनतम प्रविधि, साइबर सुरक्षा सचेतना तथा डिजिटल अनुसन्धान क्षमताले सुसज्जित गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्। उनले सिक्किम पुलिसलाई बधाई दिँदै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिन्।कार्यक्रमको मुख्य आकर्षण ‘अलंकरण परेड’ तथा “प्रेसिडेन्ट्स पुलिस कलर” को औपचारिक प्रस्तुति रहेको थियो, जहाँ भारतकी राष्ट्रपतिले राष्ट्रप्रति सिक्किम पुलिसद्वारा पुर्याइएको विशिष्ट तथा सराहनीय सेवाको सम्मानस्वरूप उक्त प्रतिष्ठित सम्मान प्रदान गरिन्। यससँगै सिक्किम पुलिस देशको पन्ध्रौँ तथा उत्तरपूर्व क्षेत्रको तेस्रो पुलिस बल बनेको छ, जसले यो सर्वोच्च सम्मान प्राप्त गरेको छ।कार्यक्रममा विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, सल्लाहकारहरू, जीएमसीका मेयर तथा उपमेयर, वरिष्ठ प्रशासनिक तथा पुलिस अधिकारीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा

आरएसएसले जोरथाङमा पथ सञ्चलन आयोजन गर्यो

Glacial Hazard Commission visits Singtam to assess flood damage

RC Poudyal: A Much Feared Man

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalreligionSA NepaliWorld

मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 9, 2026
केन्द्रिय राज्यमन्त्री मार्गेरिटा एक दिवसीय भ्रमणमा पाकिम आइपुगे
मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन
पद्मश्री पुरस्कार प्रापक नरेन गुरूङ र साहित्य अकादेमी पुरस्कार प्रापक युवा बराल अभिनन्दित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?