By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
    एसडीएफ अध्यक्ष चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक बधाई अनि शुभकामना दिए
    August 20, 2026
    एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
    August 20, 2026
    ‘सिङ्गल विन्डो’ का नाममा सिक्किमका राजस्व स्रोत र परमिट बाहिरकालाई सुम्पिन लागेको एसडीएफको आरोप
    August 19, 2026
  • Politics
    PoliticsShow More
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Journalism > एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
JournalismLatest NewsNational

एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ

Suk Raj Aaron Rai
Last updated: August 20, 2026 2:34 pm
Suk Raj Aaron Rai Published August 20, 2026
Share
SHARE

गान्तोक, 20 अगस्त। जर्नलिस्ट युनियन अफ सिक्किमले (जेयूएस) ले जनतामा पठन संस्कृतिको विकास तथा समाचारपत्र र पत्रिकाप्रति रुचि बढाउने उद्देश्यले गान्तोकको एमजी मार्गमा समर्पित समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ सञ्चालनमा ल्याएको छ। केन्द्रको उद्घाटन कार्यक्रममा आज विधायक दिले नामग्याल बर्फुङपा, गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटिया, पार्षद सन्दीप मालु, सिक्किम राज्य महिला आयोगकी सदस्य जुनु छेत्री तथा जेयूएसको कार्यसमिति र सदस्यहरूको उपस्थिति थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विधायक बर्फुङपाले आम जनतामा पठन संस्कृतिको विकास गर्ने जेयूएसको पहलको प्रशंसा गरे। उनले प्रविधिको बढ्दो प्रभावका कारण समाजमा पठन संस्कृतिमा क्रमशः कमी आएको र समाचारपत्र तथा अन्य पठन सामग्रीप्रतिको रुचि घट्दै गएको बताए।जेयूएसका अध्यक्ष प्रविण खालिङले ‘खबरदानी’ समाजमा पठन संस्कृतिलाई पुनर्जीवित गर्ने दिशामा सानो तर अर्थपूर्ण प्रयास रहेको बताए। एमजी मार्गमा लगभग सबै प्रकारका सामग्री उपलब्ध भए पनि पठन संस्कृतिमा आएको गिरावटका कारण समाचारपत्र पाउन कठिन हुँदै गएको उनले उल्लेख गरे।उनले समाचारपत्र विक्रेताहरूले भोगिरहेको समस्याबारे पनि प्रकाश पार्दै समाचारपत्र पढ्नेको संख्या घट्दा उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको र धेरै विक्रेताले आफ्नो आम्दानीको स्रोत गुमाइसकेको बताए।गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटियाले जेयूएसलाई बधाई दिँदै ‘खबरदानी’ पहलको प्रशंसा गरे। उनले आवश्यक परेको समयमा गान्तोक नगर निगमले जेयूएसलाई आवश्यक सहयोग र सहकार्य उपलब्ध गराउने आश्वासन दिइन्।कार्यक्रमको समापनमा जेयूएसका सल्लाहकार तथा वरिष्ठ पत्रकार भीम राउतले धन्यवाद ज्ञापन गरे। उनले नेपाली समाजमा समाचारपत्र तथा पत्रिकाहरूको महत्वमाथि प्रकाश पार्दै समाचारपत्रहरू समाजका ऐतिहासिक दस्तावेजसमेत रहेको बताए।डिजिटल युगमा समेत समाचारपत्र प्रकाशन र पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै राउतले नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने प्रक्रियामा ‘सुनचरी’ ले खेलेको महत्वपूर्ण भूमिकाको पनि स्मरण गरे।‘खबरदानी’ समाचारपत्र पठन केन्द्र २४ घण्टा, सातै दिन खुल्ला रहनेछ। एमजी मार्गमा सर्वसाधारणले यहाँ निःशुल्क रूपमा समाचारपत्र तथा पत्रिकाहरू पढ्न सक्नेछन्। केन्द्रमा अंग्रेजी, नेपाली र हिन्दी भाषाका समाचारपत्र उपलब्ध हुने जेयूएस प्रचिर सचिव अनुशिला शर्माले जनाएकी छन्।

सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो

Increasing risk of GLOF among Sikkim’s most pressing concerns

कुपुपमा लागेको आगोलाई नियन्त्रित गरिएको सेनाको दाबी

एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर

IHM promotes sustainable tourism with workshop on rural homestays

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastSikkim

पानी हाउसको एउटा होटलबाट संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 22, 2025
एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित
सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
केन्द्रिय बजेटमा समाजका हरेक वर्गलाई समेटिएको छ: मुर्लीधर मोहोल
Pelling Celebrates 50 Years of Statehood with Paragliding and Cultural Showcases
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?