गान्तोक, ३१ अगस्त । भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशका पूर्व व्यापारी मोर्चा अध्यक्ष बीरेन्द्र प्रसादले पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएका छन्। प्रसादले आजैदेखि (31 अगस्त) लागू हुने गरी पार्टी प्राथमिक सदस्यताबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उनले आफ्नो राजीनामाको कारण पूर्ण रूपमा व्यक्तिगत रहेको तथा स्वतन्त्र रूपमा आफ्नो जीवन र जिम्मेवारीहरू सम्हाल्ने उद्देश्यले सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेको स्पष्ट पारेका छन्। उनले आफ्नो राजीनामा पार्टी वा यसको नेतृत्वप्रति कुनै व्यक्तिगत असन्तुष्टि वा गुनासोका कारण नभएको पनि स्पष्ट पारेका छन्।
उनले आफ्नो कार्यकालमा पार्टी, नेतृत्व, सहकर्मी तथा सदस्यहरूबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरेका छन्। उनले भाजपा र यसको संगठनात्मक सिद्धान्तप्रति आफ्नो सम्मान आगामी दिनमा पनि कायम रहने बताएका छन्।
Leave a comment


