गान्तोक, 21 जनवरी। पूर्व सिक्किम अन्तर्गत कुपुपको जङ्गलमा लागेको आगोलाई नियन्त्रित गरिएको छ। पीआरओ सेनाले आज एक प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी गराएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, विगत केही हप्तादेखि असामान्य रूपमा सुक्खा मौसमका कारण पहाड़हरूमा झार-पातहरू अत्यन्तै सुक्खा भएका छन्, जसले गर्दा विभिन्न ठाउँहरूमा वन डढ़ेलो लागेका छन्। तीव्र हावाले यी आगलागीहरूलाई थप वृद्धि गरेको छ।
यस क्रममा 20 जनवरी, 2026 का दिन पूर्व सिक्किमको कुपुप गाउॅं वरपर आगो लागेको सेनाले विज्ञप्तिमा जनाएको छ। यद्यपि, उच्च सतर्कता र तत्काल प्रतिक्रियाका कारण सेना, नागरिक प्रशासन र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगोलाई नियन्त्रणमा लिएको बताइएको छ। आगलागीमा जनधनको क्षति पनि नभएको स्पष्ट गरिएको छ।
Leave a comment


