गान्तोक, 13 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष निर्देशनमा र गरीब जनकल्याण प्रकोष्ठको सक्रिय पहलमा गरिबी रेखामुनि रहेका परिवारका बिरामीहरूको अर्को टोलीलाई आज उपचारका लागि सिलगढी पठाइएको छ। लाभार्थीहरूलाई सिलगढीका प्रमुख अस्पतालहरूमा किड्नी र गल ब्ल्याडर स्टोनसम्बन्धी शल्यक्रिया गराइनेछ।
आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेका यी बिरामीहरूका लागि सरकारको यो कदम अत्यन्तै राहतदायी र जीवनदायी बनेको प्रेस विज्ञप्तिमा बताइएको छ। राज्यका विपन्न वर्गलाई उच्चस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ प्रकोष्ठले यस किसिमको स्वास्थ्य सहायता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
राज्य सरकारको यस पहललाई सिक्किमवासी र लाभान्वित परिवारहरूले प्रशंसा गर्दै आभार प्रकट गरेका छन्।

Leave a comment