By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक
CulturereligionSikkimTourismWorld

नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक

Aaron Rai
Last updated: June 13, 2025 4:36 pm
Aaron Rai Published June 13, 2025
Share
SHARE


गान्तोक, 13 जून। सिक्किमले आफ्नो अभिभावक देवताको रूपमा पुज्दै आएको कञ्चनजङ्घा पर्वतमा आरोहणलाई लिएर उत्पन्न भएको विवाद चुलिॅंदै गइरहेको छ। सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागले कञ्चनजङ्घा पर्वतको आरोहण सिक्किमबाट नभएर नेपालपट्टिबाट भएको स्पष्ट गरिसकेको छ। अर्कोतिर, सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक) ले विभागको उक्त स्पष्टीकरणप्रति आपत्ति जनाउॅंदै यहॉं कुरो मार्गको नभएर ठाउॅंको रहेको बताएको छ।
सिब्ल्याक महासचिव साङ्गे ग्याछो भोटियाले राज्य पर्यटन विभागमाथि नेपालपट्टिबाट कञ्चनजङ्घा पर्वतको आरोहण भएको हो भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइरहेको बताए। तर, यहॉं कुरो नेपालपट्टिबाट आरोहण भयो कि भएन भन्ने नभएर कहॉं पुग्यो भन्ने रहेको उनले बताए। उनले नेपालपट्टिबाट आरोहण भएको भए तापनि कञ्चनजङ्घा पर्वत एउटै हो भनी बताए। उनले यहॉं बाटो महत्वपूर्ण होइन, कहॉं पुग्यो भन्ने कुरा महत्वपूर्ण रहेको बताए।
सिब्ल्याक महासचिवले पवित्र कञ्चनजङ्घा पर्वतमा अहिलेसम्म धेरैले आफ्नो पाइला टेकिसकेको र सिक्किमेहरूको आस्थाको हत्या गर्ने काम भइरहेको बताए। उनले कञ्चनजङ्घा पर्वत भारत देशको सबैभन्दा उच्च हिम शिखर रहेको र यसलाई कानूनको पनि संरक्षण प्राप्त रहेको बताए। कानूनको संरक्षण प्राप्त रहे तापनि कुन आधारमा जनताको आस्थासॅंग खेलवाड भइरहेको छ भन्दै उनले प्रश्न गरे।
मुख्यमन्त्रीले गृह मन्त्रालयलाई पत्राचार गरेर कञ्चनजङ्घा पर्वत आरोहणको मुद्दा उठाएको विषयलाई उनले स्वागत जनाउॅंदै यस मुद्दालाई गम्भीरतासॅंग अगाडि बढा​इदिन अनुरोध गरे। उनले कञ्चनजङ्घा पर्वतमा आरोहण बन्द गर्न मुख्यमन्त्रीलाई कानूनी ढॉंचामा मुद्दालाई अगाडि बढाइदिन माग गरे।
अर्कोतिर, महासचिव भोटियाले 23 मई, 2025 का दिन पाकिस्तानी की एक महिला पर्वतारोही कञ्चनजङ्घा पर्वतको चुचुरोमा पुगेर पाकिस्तानको झण्डा फरफराइरहेको भिडियो सामाजिक सञ्जालमा भइरल भएको दाबी गरे। उनले भारतको कञ्चनजङ्घामा पाकिस्तानीकी एक पर्वतारोहीले कसरी पाकिस्तानको झण्डा फरफराइरहेकी छिन् भन्दै यसलाई देशकै सुरक्षाको निम्ति पनि खतरा ठहर गरे।
उनले यस सम्बन्धमा सिब्ल्याक संयोजक छितेन टाशी भोटियाले देशका प्रधानमन्त्री, गृहमन्त्री, विदेश मामिला मन्त्रालय, रक्षामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पत्राचार गरेर ध्यान आकर्षित गराएको र प्रधानमन्त्रीको हस्तक्षेपको माग गरेको जानकारी गराए।
यस अतिरिक्त, उनले आगामी 15 जूनको दिन ऐतिहासिक कबि लुङचोकमा कञ्चनजङ्घा पर्वतको शुद्धिकरणको निम्ति पूजा आयोजना गरिने बताउॅंदै सबैलाई पूजामा उपस्थित भइदिन आह्वान गरेका छन्।

You Might Also Like

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज

मन्त्री एनबी दाहाल मातृ शोकमा, मुख्यमन्त्रीद्वारा दुख प्रकट

उत्तर सिक्किममा स्थानीय बासिन्दा र फसेका पर्यटकहरूलाई सहयोग गर्न भारतीय सेना मैदानमा

सिक्किम पुस्तक मेला 2025: मंगन संस्करण धमाकाका साथ शुरु

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationNortheastSikkimSports

International Olympic Day 2025 Observed with Sporting Zeal in Sikkim

Aaron Rai Aaron Rai June 23, 2025
अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग
नेपालमा भीमबहादुर स्मृति साहित्य सम्मानद्वारा सिक्किमका चन्द्रप्रकाश शर्मा भट्टराई सम्मानित
जङ्गु: दुई दिवसीय चालुम डाम्ब्रो सुन्तला महोत्सव 2026 शुरू, पर्यटन मन्त्रीले गरे उद्घाटन
राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?