गान्तोक, 15 मार्च। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग असमको राजभवनमा शिष्टाचार भेट गरे। उनले सिक्किमका पूर्व राज्यपालसॅंग फेरि भेट गरेर सिक्किमको राज्यपालको रूपमा उनको उल्लेखनीय कार्यकालको बारेमा चर्चा गर्नु र न्यानो अभिवादन आदानप्रदान गर्नु सॉंच्चै एक समृद्ध अनुभव थियो भनी बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग भेट भएको जानकारी गराएका छन्। उनले भनेका छन्, ‘उहाँको बुद्धिमत्ता, विनम्रता र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताले मलाई अझै पनि प्रेरणा दिइरहेको छ। उहाँलाई भेट्दा लामो समयदेखि हराएको अभिभावकसँग पुनर्मिलन भएको जस्तो महसुस भयो। उहाँको दया, व्यावहारिक मार्गदर्शन र स्नेही व्यवहारले अन्तरक्रियालाई अविस्मरणीय बनायो। उहाँको समय, विचारशील शब्दहरू र प्रोत्साहनको लागि म हार्दिक आभारी छु।
मुख्यमन्त्रीले राज्यपाल आचार्यको निरन्तर सुस्वास्थ्य, खुशी र कल्याणको निम्ति शुभकामना व्यक्त गरेका छन्। उनको सबै प्रयासहरूमा सधैं शक्ति र समृद्धिको आशीर्वाद रहोस् भनी उनले प्रार्थना पनि गरेका छन्।