By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
    July 7, 2025
    भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो
    July 24, 2025
    रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई
    August 29, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 71औं माघे संक्रान्ति मेला शुरू, पहिलो दिन विभिन्न सार्वजनिक पूर्वाधारहरूको उद्घाटन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > 71औं माघे संक्रान्ति मेला शुरू, पहिलो दिन विभिन्न सार्वजनिक पूर्वाधारहरूको उद्घाटन
CultureEntertainmentSA NepaliSikkim

71औं माघे संक्रान्ति मेला शुरू, पहिलो दिन विभिन्न सार्वजनिक पूर्वाधारहरूको उद्घाटन

Aaron Rai
Last updated: January 15, 2026 4:00 am
Aaron Rai Published January 15, 2026
Share
SHARE


गान्तोक, जनवरी। जोरथाङमा बुधवारदेखि भव्य समारोहबीच प्रतिष्ठित 71औं माघे संक्रान्ति मेला शुरू भएको छ। उद्घाटन समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश मा​थुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। माघे संक्रान्ति मेलाको शुभारम्भसॅंगै आज जोरथाङमा विभिन्न नवनिर्मित सार्वजनिक पूर्वाधारहरू उद्घाटन गरियो।
कार्यक्रमको शुरुवातमा राज्यपाल तथा मुख्यमन्त्रीले पवित्र त्रिकालेश्वर मन्दिरमा पूजा–अर्चना गरी सिक्किमवासीहरूको सुख, समृद्धि, शान्ति तथा सद्भावनाको कामना गरे।
माघे संक्रान्ति मेलाको अवसरमा सर्वसाधारणलाई सड़क सुरक्षा र सड़कको जिम्मेवार प्रयोगबारे सचेत गराउने उद्देश्यले सड़क सुरक्षा सचेतना कार्यक्रम आयोजना गरियो।


यसपछि, राज्यपाल र मुख्यमन्त्रीले आज संयुक्त रूपमा जोरथाङस्थित नव–निर्मित महकुमा प्रशासनिक केन्द्रको औपचारिक रूपमा उद्घाटन गरे। यस नयाँ प्रशासनिक केन्द्रमा अवस्थित एसडीएम कार्यालय अन्तर्गत एसडीपीओ, वाणिज्य कर विभाग, मत्स्य विभाग लगायत विभिन्न अन्य विभागीय कार्यालयहरू पनि सञ्चालनमा आउनेछन्। यसले प्रशासनिक समन्वयलाई सुदृढ बनाउँदै सर्वसाधारणको पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।


यसरी नै राज्यपाल माथुरले मुख्यमन्त्री तामाङको उपस्थितिमा जोरथाङस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा नव–स्थापित डायलिसिस युनिटको औपचारिक उद्घाटन गरे। नव–उद्घाटित डायलिसिस युनिटमा सातवटा डायलिसिस बेड जडान गरिएको छ, जसमा आधुनिक डायलाइसिस मेसिनहरू उपलब्ध छन्। प्रारम्भिक रूपमा युनिट एक सिफ्टमा सञ्चालन गरिनेछ भने बिरामीको चाप र आवश्यकताका आधारमा दुई सिफ्टमा विस्तार गर्ने व्यवस्था गरिएको छ।
पूर्वाधारहरूको उद्घाटनका क्रममा राज्यपाल र मुख्यमन्त्रीले जोरथाङमा नव–स्थापित बहुउद्देश्यीय इन्डोर जिम्नेसियमको औपचारिक उद्घाटन गरे। नव–उद्घाटित बहुउद्देश्यीय इन्डोर जिम्नेसियम भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको ‘खेलो इन्डिया’ पहल अन्तर्गत निर्माण गरिएको हो, जसमा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागको सहयोग रहेको छ।
यो आधुनिक सुविधासम्पन्न संरचनामा इन्डोर ब्याडमिन्टन कोर्टहरू, बहुउद्देश्यीय जिम्नेसियम तथा अन्य सहायक सुविधाहरू उपलब्ध छन्। यसले यस क्षेत्रका खेलकुद प्रवर्द्धन, शारीरिक तन्दुरुस्ती र युवाहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


यी उद्घाटन कार्यक्रमहरूमा सिक्किम सरकारका क्याबिनेट मन्त्रीहरू, विधायकगतण, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

You Might Also Like

Sikkim Bypolls: SKM parliamentary board holds meeting regarding potential candidates

राज्यपाल स्वर्ण कप: सिक्किम हिमालयनलाई पराजित गर्दै राजस्थान युनाइटेड क्वार्टर फाइनलमा प्रवेश

लेगसेपको गेमन पुलबाट हाम फालेका दिनेश दासको शव फेला पऱ्यो

एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग

Sikkim CM inaugurates synthetic turf playground at Holy Cross School

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
CultureNationalOpinionSA Nepali

राज्यपालले सिक्किमवासीहरूलाई नवरात्रिको हार्दिक शुभकामना दिए

Aaron Rai Aaron Rai September 21, 2025
Experts discuss benefits of Digital General Crop Estimation Survey for NE states
पीएम मोदीले ‘मन की बात’ मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे, मुख्यमन्त्रीले दिए बधाई
24 फरवरीदेखि ‘वरिष्ठ महिला फुटबल लिग 2026’ शुरू हुने
‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?