By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ओभरलोड ट्रकहरूको अनियन्त्रित आवागमनले समस्या निम्त्याइरहेको छ: बीआरओ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > ओभरलोड ट्रकहरूको अनियन्त्रित आवागमनले समस्या निम्त्याइरहेको छ: बीआरओ
Uncategorized

ओभरलोड ट्रकहरूको अनियन्त्रित आवागमनले समस्या निम्त्याइरहेको छ: बीआरओ

SA Desk
Last updated: March 15, 2025 4:41 pm
SA Desk Published March 15, 2025
Share
SHARE

गान्तोक, 15 मार्च। हिमनदी फुटेर आएको बाढी (जीएलओएफ) पछि उत्तर सिक्किमसॅंगको सम्पर्क गम्भीर रूपमा प्रभावित बनेको छ।

जीएलओएफ त्रासदीपछि सेनाको रसद आपूर्ति र उत्तर सिक्किमतर्फ नागरिकहरूको आवागमन दुवै अवरुद्ध भएको थियो। परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै सीमा सडक संगठन (बीआरओ) को परियोजना स्वस्तिकले धेरै बेली ब्रिजहरू तयार गरेर उत्तर सिक्किमसँग सम्पर्क पुनर्स्थापित गर्न सक्षम बन्यो।

यद्यपि, अनियन्त्रित ओभरलोड ट्रकहरूको आवागमनका कारण हालै उत्तर सिक्किममा चारवटा महत्त्वपूर्ण पुलहरू भत्किएका छन्। बीआरओ अनुसार, 4 जनवरी, 2025 मा लाचुङलाई कटाओसॅंग जोड्ने 200 फिटको बेली ब्रिज, 11 फरवरी, 2025 मा सङ्कलाङमा टिस्टा नदीमाथि निर्माण गरिएको 180 फिट लामो बेली ब्रिज, 20 फरवरी, 2025 मा डिक्चु-सङ्कलाङ सडकमा निर्माण गरिएको पुरानो फेचु पुल र 15 मार्च, 2025 मा फिदाङको 320 फिटको बेली सस्पेन्सन ब्रिज अनियन्त्रित ओभरलोडका कारण गम्भीर रूपमा क्षतिग्रस्त भयो।

सङ्कलाङमा रहेको 180 फिटको बेली ब्रिज भत्किएपछि फिदाङ पुल हुँदै डिक्चु-सङ्कलाङ-टुङ भएर उत्तर सिक्किमसॅंग सम्पर्क जोडिएको थियो। यद्यपि, फिदाङ पुल गम्भीर रूपमा क्षतिग्रस्त भएपछि उत्तर सिक्किमसँगको सम्पर्क फेरि एक पटक अवरुद्ध भएको छ।

परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै परियोजना स्वस्तिकले आफ्नो प्राविधिक टोलीलाई फिदाङ पुल मर्मत गर्न परिचालन गरेको विज्ञप्तिमा बताइएको छ। केही दिनमा सामान्य यातायात पुनर्स्थापित हुने सम्भावना व्यक्त गरिएको छ। परियोजना स्वस्तिकले थप क्षति रोक्नका लागि मालवाहक सवारी साधनको आवागमनमा कडाइका साथ प्रतिबन्ध लगाउन जिल्ला प्रशासनलाई फेरि एक पटक आग्रह गरेको छ।

You Might Also Like

मुख्यमन्त्रीले अन्तरराष्ट्रिय महिला दिवसको शुभकामना दिए

Minister reaches out to remote Mangder village in West Sikkim

एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ

नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने

आधुनिक पुलिस प्रशासनका उदीयमान चुनौतीहरूको सामना गर्न सिक्किम तयार: मुख्यमन्त्री

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalNortheastpolitical

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

Aaron Rai Aaron Rai December 26, 2025
Yangang Conclave concludes with grand cultural exchange programme
सीएपीको महत्वपूर्ण बैठक सम्पन्न, हमलाकाण्डको भत्सर्ना
संघ शताब्दी समारोह: गान्तोकमा ‘प्रमुख नागरिक संगोष्ठी’ आयोजना गरियो
MP Indra Hang Subba explores research collaboration between IIT-Guwahati and Sikkim Institutions
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?