गान्तोक, 27 अप्रेल। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले चार वर्षको अन्तरालपछि कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरेका छन्। उनले सिक्किमको नथुला पास र उत्तराखण्डको लिपुलेख पास हुँदै तीर्थयात्रालाई सहज बनाउने विदेश मन्त्रालयको निर्णय ऐतिहासिक र उत्साहजनक रहेको बताएका छन्।
सांसद सुब्बाले आज जारी एक विज्ञप्तिमा भनेका छन्, अब 50 जना तीर्थयात्रीहरूको दश समूहले सिक्किम हुँदै पवित्र कैलाश मानसरोवर यात्रा गर्नेछन्, जुन राज्य र यहॉंका जनताको लागि ठूलो गर्व र महत्वको कुरा हो। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा. एस. जयशंकरलाई उनीहरूको दूरदर्शी नेतृत्वको लागि हार्दिक आभार व्यक्त गरेका छन्।
सांसद सुब्बाले सिक्किमलाई शान्ति, भक्ति र आतिथ्यको प्रतीकको रूपमा प्रवर्द्धन गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङको निरन्तर प्रयासको लागि हार्दिक धन्यवाद दिएका छन्।
उनले केन्द्र र राज्य सरकारहरूबीचको यो सामूहिक प्रयास सबै तीर्थयात्रीहरूको लागि सुरक्षित, सहज र आध्यात्मिक रूपमा समृद्ध अनुभव सुनिश्चित गर्ने भारतको प्रतिबद्धताको प्रमाण रहेको उल्लेख गरेका छन्। सिक्किमले फेरि एक पटक गर्वका साथ यस पवित्र यात्रामा लाग्ने साधकहरूको लागि प्रवेशद्वारको रूपमा काम गर्नेछ भनी उनले आशा र विश्वास व्यक्त गरेका छन्। उनले भक्ति र आत्म-खोजको मार्गका सबै तीर्थयात्रीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

Leave a comment