गान्तोक, 4 दिसम्बर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद्को समन्वय बैठक आज ९ माइल, गेजिङस्थित जिल्ला पार्टी कार्यालयमा जिल्ला महासचिव खगेन दाहालको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा जिल्ला अध्यक्ष ओङदिला भोटिया, राज्य उपाध्यक्ष रामचन्द्र राई, पूर्व सैनिक परिषद् (गेजिङ जिल्ला) का अध्यक्ष एनबी राई सहित अन्य वरिष्ठ जिल्ला नेतृत्वहरू उपस्थिति थिए।बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा विस्तृत रूपमि छलफल गर्दै जिल्लास्तरमा दक्षता, पारदर्शिता तथा संगठनात्मक सुदृढिकरण बढाउन आवश्यक कार्यालय नियम तथा प्रशासनिक कार्यप्रणालीमा सुधार ल्याउने निर्णय गरियो। यसरी नै युनिट स्वयंसेवक परिषद् गठन गर्ने, एफआईआरको लागि ब्लकस्तरीय एजेन्ट नियुक्त गर्ने, स्थापना दिवसको तयारी आदि विषयमा छलफल गरियो।यस अतिरिक्त, नव नियुक्त सचिव प्रशासन (अतिरिक्त जिम्मेवारी) लाई हार्दिक बधाई ज्ञापन गर्दै समितिले उनीप्रति पूर्ण विश्वास र आगामी योगदानको अपेक्षा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। बैठकमा राज्य उपाध्यक्ष, प्रभारीको नयाँ जिम्मेवारी प्रदान गरिएकोमा ओङदिला भोटियालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरियो।


