By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    गम्भीर रूपमा घाइते सीएपी नेता प्रशान्त गुरुङ सिलगढी रेफर
    July 19, 2025
    पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते
    September 13, 2025
    Latest News
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    मेडिकल रीइम्बर्समेन्ट र लीभ इनक्याशमेन्टबारे कुनै प्रकारको आदेश वा निर्देशन जारी गरिएको छैन: वित्त विभाग
    July 11, 2026
    सीएपी अध्यक्षले तृणमूल स्तरमा पार्टीलाई सुदृढ पार्नु पर्ने आवश्यकतामा जोड दिए
    July 11, 2026
    न्यायाधीश मीनाक्षी मदन राई अवकाशपछि सिक्किम फर्किइन्
    July 11, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमका बाह्र छुटेका आदिवासी समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न ‘2025 को सरकारी प्रस्ताव नम्बर 1’ पारित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सिक्किमका बाह्र छुटेका आदिवासी समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न ‘2025 को सरकारी प्रस्ताव नम्बर 1’ पारित
NationalSA NepaliSikkim

सिक्किमका बाह्र छुटेका आदिवासी समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न ‘2025 को सरकारी प्रस्ताव नम्बर 1’ पारित

Suk Raj Aaron Rai
Last updated: December 12, 2025 5:15 pm
Suk Raj Aaron Rai Published December 12, 2025
Share
SHARE

गान्तोक, 12 दिसम्बर । सिक्किमका बाह्र छुटेका आदिवासी समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न सिक्किम विधानसभाको एक दिवसीय सत्रमा ‘2025 को सरकारी प्रस्ताव नम्बर 1’ सर्वसम्मतिद्वारा पारित गरियो। यस प्रस्तावमा सिक्किमका बाह्र छुटेका आदिवासी समुदायहरूलाई अनुसूचित जनजाति सूचीमा समावेश गर्न सिक्किम राज्य उच्च-स्तरीय समितिको अन्तिम प्रतिवेदनको अनुमोदनको माग गरिएको थियो।
उक्त प्रस्ताव राज्य सामाजिक कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले सदनमा पेश गरेका थिए भने राज्य श्रम विभाग मन्त्री भीमहाङ लिम्बूले प्रस्तावलाई समर्थन जनाएका थिए। उक्त प्रस्तावमाथि चर्चामा भाग लिॅंदै मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत मन्त्री एनबी दाहाल, मन्त्री अरुण उप्रेती, मन्त्री राजु बस्नेत र विधायक लोकनाथ शर्माले प्रस्तावलाई स्वागत जनाएका थिए।
यस अतिरिक्त, आज सदनमा कूल आठवटा विधेयक पनि पेश गरिएको थियो भने उक्त सबै विधेयकहरू बिना बहस सर्वसम्मतिद्वारा पारित गरियो। विधेयकहरू पेश गर्ने क्रममा मुख्यमन्त्री तथा वित्त विभाग, भूराजस्व एवं आपदा प्रबन्धन विभाग र यातायात विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले क्रमश: सिक्किम वस्तु तथा सेवा (संशोधन) विधेयक, सिक्किम भूमि राजस्व विधेयक र सिक्किम मोटर वाहन (संशोधन) विधेयक पेश गरे।
यसरी नै जन स्वास्थ्य अभियान्त्रिकी विभागका प्रभारी मन्त्री सोनाम लामाले सिक्किम सीवरेज एण्ड सीवेज डिस्पोजल बिल र सिक्किम जल आपूर्ति र जल शुल्क विधेयक पेश गरे। यसै क्रममा शिक्षा विभाग प्रभारी मन्त्री राजु बस्नेतले जन विश्वास (संशोधन) सिक्किम विधेयक र सिक्किम निजी विश्वविद्यालय (स्थापना एवं विनियमन) विधेयक पेश गरेका थिए। यसैगरी, शहरी विकास विभाग प्रभारी मन्त्री भोजराज राईले सिक्किम शहर र ग्राम नियोजन (संशोधन) विधेयक पेश गरेका थिए।
सदनको शुरुमा सिक्किम विधानसभाका पूर्व सदस्य आथुप लेप्चाको निधनमा शोक प्रस्ताव पेश गरिएको थियो। यसमा भाग लिॅंदै मुख्यमन्त्री तामाङ र मन्त्री पिन्चो नामग्याल भोटियाले दिवंगत लेप्चाको निधनमा गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे।

भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री गडकरीसॅंग सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिमाथि गरे छलफल

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationNationalNortheast

एसआईआर: 31 मईसम्म सिक्किममा ७२,१३७ भन्दा धेरै मतदाताहरूलाई गणना फारम बितरित

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 31, 2026
मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ
Mega Tourism events in other NE States……Sikkim Tourism Must Innovate or Be Left Behind
मेजर दुर्गा मल्लाको जीवनमाथि आधारित नाटक ‘बलिदान’ 25 सेप्टेम्बरमा मञ्चन गरिने
सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?