गान्तोक, 20 मई। राज्य शहरी विकास विभाग तथा खाद्य एवं नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राईले नयॉं दिल्लीको विज्ञान भवनमा आयोजित आवास तथा शहरी मामिला मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा भाग लिए। 19 र 20 मई, 2026 का दिन आयोजित उक्त बैठकको अध्यक्ष केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले गरेको थियो।
बैठकमा सबै राज्यका शहरी विकास विभाग मन्त्रीहरू र अधिकारीहरू उपस्थित थिए। सिक्किमबाट राज्य शहरी विकास विभागका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे र विशेष सचिव जिग्मी वाङचुक भोटिया पनि उपस्थित थिए।
समीक्षा बैठकमा स्वच्छ भारत मिसन-शहरी अन्तर्गत स्वीकृत योजनाहरूको कार्यान्वयनमा राज्यहरू/केन्द्रशासित प्रदेशहरूले गरेको प्रगतिको समीक्षा गरियो। यसैगरी, मिसन लक्ष्यहरू प्राप्त गर्न केही राज्यहरूले सामना गरेका चुनौतीहरूको बारेमा पनि बैठकमा छलफल गरियो भने केही प्रमुख राज्यहरूले आफ्ना अनुभवहरू र अरूले अपनाउन सक्ने उत्कृष्ट अभ्यासहरू पनि साझा गरे।
मन्त्री राईले सिक्किममा दृश्य स्वच्छताको विषयमा बोल्दै राज्यमा स्वच्छताप्रति बलियो समुदायको सहभागितामाथि प्रकाश पारे। उनले फोहोर व्यवस्थापन प्रणालीलाई सुदृढ पार्न राज्य सरकारले गरेका केही पहलहरूको पनि उल्लेख गरे। बैठकमा नयाँ ठोस फोहोर प्रबन्धन नियमहरू, २०२६ को कार्यान्वयनको बारेमा पनि विस्तृत रूपमा छलफल गरिएको बताइएको छ।
Leave a comment


