गान्तोक, 26 मई । वर्तमान समयमा साइबर ठगीको मामिला ठूलो चुनौती बनेर गएको छ। जागरुकताको अभावमा मानिसहरू साइबर ठगीको चपेटमा परेर लाखौं रूपियॉं गुमाइरहेका छन्।
राजधानी गान्तोकमा सोमवार यस्तै एउटा मामिला अघि आएको छ। एक व्यक्ति अनलाइन केवाईसीको नाममा ठगीको शिकार बन्दै लाखौं रूपियॉं गमाएका छन्।
पुलिस रिपोर्टका अनुसार, पीडित व्यक्तिलाई एक अज्ञात व्यक्तिले फोनमा सम्पर्क गरेर आफुलाई ब्याङ्क प्रतिनिधि बताए र ब्याङ्कसॅंग पञ्जीकृत मोबाइल नम्बरमा पठाइएको ओटीपी पठाउन लगाए। उक्त व्यक्तिले पनि विश्वास गरेर ओटीपी साझा गरे। तर, केही क्षणमै उनको ब्याङ्क खाताबाट 2 लाख 49 हजार 964 रूपियॉं काटियो।
आफु साइबर ठगीको शिकार बनेको थाहा पाएपछि पीडित व्यक्तिले साइबर हेल्पलाइनमार्फत शिकायत दर्ता गराएका छन्।
Leave a comment


