By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    Latest News
    पवन चामलिङले जनतालाई न्याय दिलाउन एसडीएफ लागिपर्ने कार्यकर्ताहरूलाई गरे आह्वान
    June 2, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई
    June 2, 2026
    सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने
    May 31, 2026
    गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु
    May 30, 2026
  • Politics
    PoliticsShow More
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
Politics

सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप

Aaron Rai
Last updated: June 2, 2026 3:11 pm
Aaron Rai Published June 2, 2026
Share
SHARE

गान्तोक, 01 जून। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमले राज्यमा लागू गरिएको अड-इभन प्रतिबन्ध फिर्ता लिएको निर्णयलाई स्वागत गरेको छ। सीएपीले उक्त निर्णय फिर्ता लिनु भनेको सरकारको उक्त कदम कमजोर सोच, त्रुटिपूर्ण कार्यान्वयन तथा सर्वसाधारण नागरिकको वास्तविक अवस्थासँग पूर्ण रूपमा असम्बद्ध रहेको स्वीकारोक्ति हो भनी ठहर गरेको छ।सीएपी सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन संरक्षण तथा मितव्ययिताको आह्वान गर्दा सिक्किमका जनताले जिम्मेवार शासनको अपेक्षा गरेका थिए तर, एसकेएम सरकारले कुनै वैज्ञानिक अध्ययन, सार्वजनिक परामर्श, प्रशासनिक तयारी वा जनजीवनमा पर्ने प्रभावको मूल्याङ्कन नगरी हतारमा अड-इभन नियम लागू गरेको आरोप लगाएको छ। सरकारको निर्णयका कारण सिक्किमका जनसाधारणले धेरै कठिनाइहरू र ठूलो आर्थिक नोक्सानी बेहोर्नुपररेको दाबी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, सीएपीले प्रधानमन्त्रीको आह्वानलाई जनतालाई दुःख दिने माध्यम वा राजनीतिक प्रदर्शनको साधन नबनाउन चेताउनी दिएको थियो। दुर्भाग्यवश, सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दियो। सीएपीले सर्वसाधारण नागरिकहरूलाई कडाइका साथ नियम पालना गर्न लगाइएको तर, त्यही नियमको वकालत गर्ने नेतृत्वहरू स्वयंले कतिपय अवस्थामा त्यसको पालना नगरेको देखिएको पनि दाबी गरेको छ। सीएपीले सरकारको मितव्ययिता उपायहरूलाई भ्रामक बताउँदै वास्तविक मितव्ययिता भनेको माथिल्लो तहबाट अनावश्यक खर्च कटौती, सरकारी फजुल खर्च नियन्त्रण, अत्यधिक खर्चिलो कार्यक्रमहरूमा कमी तथा सार्वजनिक स्रोतहरूको दुरुपयोग रोक्नबाट शुरु हुन्छ भनी बताएको छ। सरकारले मितव्ययिताको भार बढ्दो महँगी र आर्थिक अनिश्चिततासँग जुधिरहेका सर्वसाधारण जनतामाथि थोपेको पनि आरोप लगाएको छ।

भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो

भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो

सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई

राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन

राम्ररी जॉंच पड़ताल गरेर मात्र मजदूरहरूलाई प्रमाणपत्र जारी गरियोस्: एसकेएम मजदूर

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSikkim

प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे

Aaron Rai Aaron Rai May 29, 2025
सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे
उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप: ताथाङचेन गोल्ड विजयी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?