By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले राभाङ्लास्थित एनआईटीको निरीक्षण गरे
    October 17, 2026
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
Latest NewsNationalNortheastSikkim

सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस

Suk Raj Aaron Rai
Last updated: July 1, 2026 3:22 pm
Suk Raj Aaron Rai Published July 1, 2026
Share
SHARE


गान्तोक, 01 जुलाई। सिक्किम पुलिसले राज्यमा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय रहेको प्रमाण नभेटेको स्पष्ट गरेको छ। यसैगरी, सिक्किम पुलिसले राज्यमा सार्वजनिक सुरक्षा वा साम्प्रदायिक सद्भावलाई कुनै प्रकारको खतरा पनि नरहेको दाबी गरेको छ।
स्मरण रहोस्, राजधानीबाट कथित चरमपन्थी नेटवर्कसॅंग सम्बन्धित एक युवकलाई पक्राउ गरिएको समाचार प्रकाशमा आएपछि राज्यमा हलचल मचेको छ। यस्तो समयमा सिक्किम पुलिसले राज्यमा सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय रहेको प्रमाण नभेटेको बताएपछि राज्यवासीहरूले राहत महसुस गरेका छन्।
अर्कातिर, अहिलेसम्मको जॉंचमा पक्रा परेका युवक विभिन्न डिजिटल प्लेटफर्महरूको माध्यमद्वारा स्वयं कट्टरपन्थीतिर ढल्किएको खुलेको बताइएको छ। यसैगरी, उक्त युवकले लगातार चरमपन्थी प्रचार सामग्रीहरू ग्रहण गर्नुका साथै यस्ता सामाग्रीहरूको अनलाइन माध्यमद्वारा प्रचार गर्ने प्रयास पनि गरेको आशंका व्यक्ति गरिएको छ। सिक्किम पुलिसले युवकको सम्भावित अन्तरराज्यीय र अन्तरराष्ट्रिय डिजिटल लिङ्केजहरू पत्ता लगाउन जॉंच गरिरहेको बताइएको छ।
सिक्किम पुलिसले आज जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रिय गुप्तचर एजेन्सीहरूसँगको निकट समन्वयमा राज्य विशेष शाखा मार्फत प्राप्त विश्वसनीय गुप्तचर जानकारीको आधारमा जॉंच शुरू गरिएको बताएको छ। जानकारीहरूको आधारमा कारबाही गर्दै सिक्किम पुलिसले गोप्य प्रमाणीकरण गरेपछि मुद्दा दर्ता गरेर विस्तृत जॉंच शुरू गरिएको बताएको छ।
सिक्किम पुलिसका वरिष्ठ अधिकारीहरूको निरीक्षणमा उप-पुलिस अधीक्षक मिंग्युर टेम्पो नादिकको नेतृत्वमा जॉंच भइरहेको बताइएको छ। कानुनी रूपमा जफत गरिएका इलेक्ट्रोनिक उपकरणहरू र डिजिटल प्रमाणहरूको वैज्ञानिक परीक्षणले लामो समयदेखि आरोपी युवकले अनलाइन प्लेटफर्महरू मार्फत चरमपन्थी प्रचार ग्रहण गर्दै आएको र यस्ता सामग्रीबाट प्रभावित भएको थाहा लागेको छ। यी निष्कर्षहरूको फोरेन्सिक परीक्षण र कानुनी छानबिन जारी रहेको जानकारी गराइएको छ।
सिक्किम पुलिसले अहिलेसम्मको जॉंचमा यो घटना अनलाइन आत्म-कट्टरपन्थ जस्तो देखा परिरहेको बताएको छ। हाल सिक्किम राज्यभित्र कुनै सङ्गठित आतङ्कवादी मोड्युल, स्थानीय कट्टरपन्थी नेटवर्क वा साम्प्रदायिक पक्षको कुनै प्रमाण नभेटिएको स्पष्ट गरेको छ।
राष्ट्रिय अनुसन्धान एजेन्सी ऐन, २००८ को धारा ६ अनुसार, कानून बमोजिम वैधानिक प्रतिवेदन मूल्याङ्कनको लागि सक्षम अधिकारीहरूलाई पठाएको बताइएको छ। सिक्किम पुलिसले कानून बमोजिम जॉंच जारी राखेको छ। सिक्किम पुलिसले नागरिकहरूलाई राज्यमा सार्वजनिक सुरक्षा, साम्प्रदायिक सद्भाव वा कानून व्यवस्थामा तत्काल खतराको संकेत गर्ने कुनै पनि गुप्तचर सूचना नरहेको स्पष्ट गरेको छ।

Pakyong DC assesses impact of Lower Bering landslide

भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो

मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण

सीएपी सिक्किमको जूम–सालघारी एसीईसीको महत्वपूर्ण समन्वय बैठक सम्पन्न

सिक्किमको लघु फिल्म ‘द साइलेन्ट इको’ न्यूयोर्क ग्लोबल सर्ट फिल्म फेस्टमा छाप छोड्न सफल

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureLatest NewsNationalNortheastSA Nepali

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 18, 2025
दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी
मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
Aakraman Sporting Club Crowned Champions of Sikkim Premier League 2025
वरिष्ठ पत्रकार अम्बर गुरुङलाई ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म’
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?