By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पाकिममा वीबी-जी राम जीको राज्यस्तरीय जन सम्मेलन तथा शुभारम्भ कार्यक्रम सम्पन्न
    July 2, 2026
    सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
    July 1, 2026
    ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
    July 1, 2026
    प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त
    July 1, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम र पश्चिम बंगालका मुख्यमन्त्रीको भेट, सुस्वास्थ भवन निर्माण र काउन्टरसाइन परमिट वृद्धिलाई हरियो झण्डा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > सिक्किम र पश्चिम बंगालका मुख्यमन्त्रीको भेट, सुस्वास्थ भवन निर्माण र काउन्टरसाइन परमिट वृद्धिलाई हरियो झण्डा
Latest NewsPoliticianSikkim

सिक्किम र पश्चिम बंगालका मुख्यमन्त्रीको भेट, सुस्वास्थ भवन निर्माण र काउन्टरसाइन परमिट वृद्धिलाई हरियो झण्डा

Suk Raj Aaron Rai
Last updated: July 2, 2026 4:11 pm
Suk Raj Aaron Rai Published July 2, 2026
Share
SHARE

गान्तोक, 02 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज कोलकातास्थित राज्य सचिवालय नवान्नमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग शिष्टाचार भेट गरे। भेटको क्रममा उनले पश्चिम बंगालको मुख्यमन्त्रीको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई दिँदै सफल र फलदायी कार्यकालका लागि शुभकामना व्यक्त गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।भेटका क्रममा दुई नेताबीच विभिन्न महत्त्वपूर्ण विषयमा विस्तृत छलफल भयो। विशेष रूपमा, सिलगढ़ीस्थित एसएनटी कम्प्लेक्समा उपचारका लागि आउने सिक्किमका नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिने ‘सुस्वास्थ भवन सिक्किम’ सम्बन्धी लामो समयदेखि रोकिएको प्रस्तावबारे छलफल भएको उनले जानकारी गराएका छन्। पश्चिम बंगालका मुख्यमन्त्रीले यस योजनाको महत्त्वलाई स्वीकार गर्दै प्रस्तावलाई स्वीकृति प्रदान गरेको र सम्बन्धित विभागलाई आवश्यक अनुमति जारी गर्न निर्देशन दिएको पनि उनले अवगत गराए का छन्। मुख्यमन्त्रीले उनको शीघ्र तथा सकारात्मक निर्णयप्रति हार्दिक आभार व्यक्त गरेका छन्।यस अतिरिक्त, सिक्किम र पश्चिम बंगाल सरकारबीचको पारस्परिक यातायात सम्झौताबारे पनि छलफल भएको उनले बताए। विशेषगरी, पश्चिम बंगालमा सञ्चालन हुने सिक्किममा दर्ता भएका ट्याक्सीका लागि काउन्टरसिग्नेचर अनुमति (काउन्टरसाइन परमिट) को कोटा वृद्धि गर्ने लामो समयदेखिको मागबारे गम्भीर छलफल भयो। यस सम्बन्धमा पश्चिम बंगालका मुख्यमन्त्रीले विद्यमान ३,००० कोटालाई बढाएर ६,००० पुर्याउने महत्त्वपूर्ण निर्णय गरेको जानकारी गराएका छन्। मुख्यमन्त्रीले यसबाट सिक्किममा दर्ता भएका थप धेरै ट्याक्सीहरूले पश्चिम बंगाल, विशेषगरी सिलगढी लगायतका क्षेत्रमा सञ्चालन गर्न पाउनेछन्, जसबाट सिक्किमकि सारथीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् र अन्तरराज्यीय यातायात तथा सम्पर्क थप सुदृढ़ हुने बताएका छन्।भेटमा २०२३ मा भएको हिमताल फुटेर आएको बाढी (ग्लोफ) पछि टिस्टा नदीको सतह उक्लिँदा राष्ट्रिय राजमार्ग-१० मा भएको व्यापक क्षति र सिक्किमसँगको आवागमनमा परेको असरबारे पनि छलफल भयो। यस समस्याको दीर्घकालीन समाधानका लागि सिक्किम र पश्चिम बंगाल सरकारको संयुक्त पहलमा टिस्टा नदीमा वैज्ञानिक विधिबाट ड्रेजिङ (नदीको सतह सफा गर्ने कार्य) गरी तलछट व्यवस्थापन गर्ने विषयमा सहमति भएको उनले जानकारी गराएका छन्।मुख्यमन्त्रीले यी महत्त्वपूर्ण विषयमा फलदायी छलफल तथा शीघ्र र सकारात्मक निर्णयको लागि पश्चिम बंगालका मुख्यमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आइपुग्ने

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

मल्ली डॉंड़ा जीपीयूमा ‘अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ पालन गरियो

परम्परागत आर्चेरी प्रतियोगिताको समापन, रिगु छुजाचेन बन्यो च्याम्पियन

स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपान्तरणमा चिकित्सा समुदायको भूमिका अमूल्य रहेको मुख्यमन्त्रीको भनाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingLatest NewsNational

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 28, 2025
दलाई लामाका ठूलो दाजुको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
मुख्यमन्त्रीले ग्लोबल एआई समिटमा कांग्रेस कार्यकर्ताहरूले गरेको अवरोधको कड़ा निन्दा गरे
प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे
केन्द्रिय मन्त्री सिन्धियाले रिज पार्कस्थित अर्किडेरियमको भ्रमण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?