By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
InsiderLatest NewsOpinionSA NepaliSikkim

एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण

Suk Raj Aaron Rai
Last updated: August 26, 2026 3:43 pm
Suk Raj Aaron Rai Published August 26, 2026
Share
SHARE

गान्तोक, 26 अगस्त। सिक्किममा जारी विशेष गहन पुनरीक्षण (एसआईआर) का कारण नाम्ची जिल्लाकी एक महिला मतदाता र पाकिम जिल्लाका एक बुथ लेभल अफिसर (बीएलओ) ले आत्महत्या गरेको भन्ने सीएपी-सिक्किमका अध्यक्ष गणेश राईको दाबीमाथि मुख्य निर्वाचन अधिकारी (सीईओ) को कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयका अनुसार, सम्बन्धित जिल्ला पुलिसबाट प्राप्त तथ्यगत प्रतिवेदनमा दुवै घटनालाई एसआईआरसम्बन्धी काम वा दबाउसँग जोड्ने कुनै प्रमाण हालसम्म फेला परेको छैन।सीएपी सिक्किमका अध्यक्ष गणेश राईले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा नाम्चीकी एक महिला मतदाताको कथित आत्महत्या एसआईआर सुनुवाइसँग जोडिएको तथा पाकिमका एक बीएलओले एसआईआरको कार्यदबाउका कारण आत्महत्या गरेको दाबी गरेका थिए।उक्त दाबीपछि सिक्किमका मुख्य निर्वाचन अधिकारीको कार्यालयले नाम्ची र पाकिमका सम्बन्धित पुलिस अधीक्षकसँग घटनाबारे तथ्यगत प्रतिवेदन माग गरेको जनाएको छ।नाम्चीका वरिष्ठ पुलिस अधीक्षकको प्रतिवेदनअनुसार, एसआईआर सुनुवाईसँग कथित रूपमा जोडिएको कुनै महिला नागरिकको आत्महत्यासम्बन्धी घटना नाम्ची जिल्लाका कुनै पनि पुलिस थानामा रिपोर्ट वा उजुरी भएको छैन।त्यसैगरी, पाकिमका पुलिस अधीक्षकको प्रतिवेदनमा मृतक बीएलओले अत्यधिक कार्यभार, अनुचित दबाउ वा कुनै प्रकारको दुर्व्यवहारबारे सम्बन्धित अधिकारीसमक्ष आधिकारिक उजुरी गरेको प्रमाण फेला नपरेको उल्लेख छ। मृतकका परिवारका सदस्यहरूबाट पनि यससम्बन्धी कुनै आधिकारिक उजुरी नआएको जनाइएको छ।पुलिसको प्रारम्भिक अनुसन्धानमा उपलब्ध डिजिटल अभिलेख तथा फोन रेकर्डहरूमा पनि बीएलओको आत्महत्या र एसआईआर सम्बन्धी कार्य दबाउबीच सम्बन्ध देखाउने कुनै सामग्री फेला नपरेको सीईओ कार्यालयले जनाएको छ।घटनाबारे थप तथ्य पोस्टमार्टम प्रतिवेदनबाट स्पष्ट हुने अपेक्षा गरिएको छ। पाकिमका पुलिस अधीक्षक, एसडीएम र बीडीओको संयुक्त प्रयासमा अनुसन्धान गरिएको कार्यालयले जनाएको छ।अनुसन्धानका क्रममा उपलब्ध प्रत्यक्षदर्शी तथा मृतक बीएलओका आफन्तहरूसँग समेत सोधपुछ गरिएको बताइएको छ। सोधपुछका क्रममा पनि मृतकको मृत्यु र एसआईआर सम्बन्धी कामबीच कुनै सम्बन्ध फेला नपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।मुख्य निर्वाचन अधिकारीको कार्यालय, सिक्किमले जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म प्राप्त पुलिस प्रतिवेदनका आधारमा एसआईआरलाई दुवै घटनासँग जोड्ने प्रमाण नरहेको स्पष्ट पारेको छ।

दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश

Neil Tara Academy launches first In-House School Radio Station in Northeast India

भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया

राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा

लाचेन–मङ्गनमा ४८७ परिवार एसकेएममा सामेल

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalPoliticianSikkim

मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 13, 2026
सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
रिम्बी पैह्रो प्रभावित परिवारप्रति एसडीएफको ऐक्यबद्धता, तत्काल राहत र दीर्घकालीन सुरक्षा उपायको माग
International Day of Older Persons Observed at Melli Dara GPU
राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?