गान्तोक, 05 फरवरी । भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनका जनरल अफिसर कमाण्डिङ मेजर जनरल एमएस राठोरले आज लोक भवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा मेजर जनरल राठोरले राज्यपालको मार्गदर्शनमा भारतीय सेना, राज्य सरकार र निजी क्षेत्रको सहयोगमा चलिरहेका विभिन्न परियोजनाहरूको बारेमा जानकारी दिए।
उनले विशेष रूपमा प्रेरणा स्थल, जनरल सगत सिंह स्मारक, नथुला चोला पर्यटन स्थल, बाबा हरभजन सिंह मन्दिरको विकास तथा पर्यटकहरूका लागि राम्रो व्यवस्था जस्ता महत्वपूर्ण कार्यहरूको प्रगतिको बारेमा जानकारी दिए। मेजर जनरल राठोरले दिसम्बरको उत्तरार्ध र जनवरी महिनामा पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि दर्ता गरिएको पनि अवगत गराए।
राज्यपाल माथुरले यी प्रयासहरूका लागि भारतीय सेनाको सराहना गरेको लोक भवनले बताएको छ।
Leave a comment


