गान्तोक, 31 जनवरी। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राई आज दार्जिलिङ पुगेर स्वर्गीय प्रशान्त तामाङको २१औँ शेगुमा सहभागी भई शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे। यस अवसरमा उनीसँग पार्टीका वरिष्ठ नेताहरू पनि सामेल रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।सीएपी अध्यक्षले शोक सन्तप्त परिवारका सदस्य तथा आफन्तहरूसँग भेटघाट गर्दै दुःखको यस घडीमा ऐक्यबद्धता एवं समवेदना प्रकट गरे। स्वर्गीय प्रशान्त तामाङको स्मरण गर्दै उनले समाज र पहाडी क्षेत्रका जनताप्रति स्वर्गीय तामाङले पुर्याएको अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरे।उनले प्रशान्त तामाङका योगदानहरूले भविष्यका पुस्तालाई निरन्तर प्रेरणा दिने र पहाडका समुदायहरूको सामूहिक स्मृतिमा सधैँ अमिट रहने बताए। उनले सिक्किमवासीको तर्फबाट दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरे।


