By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
    October 14, 2026
    October 14, 2026
  • Politics
    PoliticsShow More
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
EnvironmentInsiderLatest NewsLatest News

जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने

Suk Raj Aaron Rai
Last updated: October 16, 2026 5:36 pm
Suk Raj Aaron Rai Published October 16, 2026
Share
SHARE

गान्तोक, 16 अक्टोबर। जर्नालिस्ट्स युनियन अफ सिक्किम (जेयूएस) र नील तारा केयर्सको संयुक्त आयोजनामा हिमाली क्षेत्रमा बहु-जोखिम पूर्वचेताउनी प्रणाली तथा प्राकृतिक आपदाका बेला समयमै चेताउनीको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले ‘वन फर हिमालय’ अभियान सञ्चालन गरिने भएको छ।आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नील तारा केयर्सकी सदस्य सरीना अबिगेल राईले यस अभियानको उद्देश्य समुदाय, नेतृत्वकर्ता तथा निर्णयकर्ताहरूलाई पूर्वचेताउनी प्रणाली र आपदा तयारीको महत्त्वबारे सचेत गराउनु रहेको बताइन्।जेयूएसका अध्यक्ष प्रविण खालिङले यस अभियानका लागि क्षेत्रका विभिन्न स्थानका कविहरूले स्वेच्छाले आफ्ना कविता उपलब्ध गराएको जानकारी दिए। यस अभियानमा डा. राजेन्द्र भण्डारी, केवलचन्द्र लामा, प्रवीण राई जुमेली, रमिका थापा, प्रवीण खालिङ, गुरु टी. लाधाकी, सुरज गुरुङ, सरोजिनी सुब्बा, श्रवण मुकारुङ, एन.बी. घिमिरे र पल्लवीले योगदान दिएका छन्।कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूले यी कविताहरू वाचन गर्नेछन्। यसका माध्यमबाट प्राकृतिक आपदा जोखिम तथा त्यसको सामना गर्न पूर्वतयारी गर्नुपर्ने आवश्यकताबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ।हिमाली क्षेत्रमा बारम्बार आइरहने प्राकृतिक आपदाका घटनाहरूको पृष्ठभूमिमा यो अभियान सञ्चालन गर्न लागिएको हो। नेपालमा भएका विनाशकारी बाढी तथा २०२३ अक्टोबरमा सिक्किममा आएको हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) ले हिमाली क्षेत्रका समुदायहरू प्राकृतिक आपदा दृष्टिले कति जोखिममा छन् भन्ने स्पष्ट पारेका छन्। यी घटनाले जनचेतना, आपदा पूर्वतयारी तथा पूर्वचेताउनी प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेका छन्।‘वन फर हिमालय’ अभियान सिक्किम, दार्जिलिङ, कालेबुङ तथा पूर्वी नेपालका विभिन्न स्थानमा सञ्चालन गर्ने योजना रहेको छ। यसमार्फत हिमाली क्षेत्रका समुदायहरूका साथै क्षेत्रबाहिर पनि आपदा जोखिम न्यूनीकरणसम्बन्धी सन्देश पुर्याउने लक्ष्य राखिएको छ।अध्यक्ष खालिङले सिक्किममा अभियानको पहिलो कार्यक्रम आगामी नोभेम्बर १ मा आयोजना गरिने जानकारी दिए। उनले यस अभियानमा स्वेच्छाले सहभागी भई योगदान दिन विद्यालयहरूलाई आग्रह गर्दै आपदा पूर्वतयारीलाई प्रवर्द्धन गर्न र जोखिम न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।आयोजकहरूले यस अभियानलाई क्षेत्रीय सीमाभन्दा बाहिर विश्वस्तरसम्म पुर्याउने लक्ष्य राखेका छन्। यसका लागि पत्रकार, कवि, विद्यार्थी तथा समुदायलाई एकै ठाउँमा ल्याएर आपदाका जोखिम र समयमै उचित कदम चाल्नुपर्ने आवश्यकताबारे साझा बुझाइ विकास गर्ने प्रयास गरिनेछ।यस सहकार्यपूर्ण पहलमार्फत प्राकृतिक आपदालाई सधैँ रोक्न नसकिए पनि जनचेतना अभिवृद्धि, प्रभावकारी पूर्वतयारी र भरपर्दो पूर्वचेतावनी प्रणालीको विकासबाट यसको प्रभावलाई उल्लेखनीय रूपमा कम गर्न सकिने सन्देश प्रवाह गरिने आयोजकहरूले बताएका छन्।

राजधानीमा स्टेट सिविल सर्विसेस् डे पालन गरियो

राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा

सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न

राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त

सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNeighbourhood WatchOpinionPolitician

एसकेएमले तीन राज्यमा ऐतिहासिक जितका लागि दियो भाजपा र एनडीएलाई हार्दिक बधाई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 5, 2026
सिङ्गसोर पुल छेउ भएको वाहन दुर्घटनामा फुड इन्स्पेक्टरको निधन
अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
पवन चामलिङको पराजयलाई उनको राजनीति समाप्त भएको घोषणा मान्न सकिन्छ: एसकेएम
राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?