गान्तोक, 07 मार्च। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले गत 4 मार्च पार्टीको स्थापना दिवसको अवसरमा दिएको वक्तव्यलाई लिएर सत्तारुढ़ एसकेएम पार्टीले भ्रम फैलाउने काम गरिरहेको आरोप एसडीएफले लगाएको छ। अर्कोतिर, एसडीएफ पार्टी अध्यक्ष सिक्किम दार्जिलिङ एकीकरण चाहन्छन् भनी एसकेएमले जारी गरेको प्रेस बयानलाई एसडीएफले अपरिप्वक्व ठहर गर्दै खारेज गरेको छ।
एसडीएफ प्रचार प्रसार उपाध्यक्ष कृष्ण खरेलले आज जारी विज्ञप्तिमा भनेका छन्, सत्ताधारी दलका पदाधिकारीहरु र सरकारलाई संविधानको धारा 3 को पूर्ण ज्ञान छ भने थाहा हुनुपर्छ कि राज्यको पुन: सीमाङ्कन गर्न संसदलाई त्यही धाराले अधिकार प्रदान गरेको छ। संविधानको धारा 370 एक सशक्त धारा हुँदाहुँदै पनि केन्द्र सरकारले अध्यादेशद्वारा उक्त धारा समय सापेक्ष रुपले प्रयोगमा ल्याएको हो। बद्लिॅंदो डेमोग्राफी, आर्थिक, प्रशासनिक आदि कारणहरुलाई ध्यानमा राख्दै देशको संसदले संविधानको कुनै पनि धारामा फेरबदल ल्याउन सक्छ भन्ने कुरा सबैले बुझेको हुनुपर्छ।
खरेलले भनेका छन्, सत्तारुढ दलले बुझ्नुपर्छ पवन चामलिङ संसद र केन्द्र सरकारभन्दा माथि होइनन्। चामलिङले सिक्किम दार्जिलिङ विलय होस् भन्दा हुने होइन। यो एक राजनीतिक मुद्दा हो, जुन अहिले चर्को रुपमा उठेको छ। यस सन्दर्भमा सिक्किममा एकमतो हुन् आवश्यक छ, जसको जिम्मेवारी सरकारको हो। केन्द्र सरकारको नजिक रहेको एसकेएम र यस पार्टीका नेताले दिल्लीमा एउटा कुरा गरेर रम्फूभित्र अर्को कुरा गर्न मिल्दैन।

Leave a comment