By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
NationalpoliticalPoliticsSA Nepali

भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो

Aaron Rai
Last updated: June 25, 2025 4:05 pm
Aaron Rai Published June 25, 2025
Share
SHARE


गान्तोक, 25 जून। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज आफ्नो गान्तोकस्थित शहर कार्यालयमा 25 जून, 1975 मा लगाइएको आपतकालको 50औं वर्षगॉंठको अवसरमा संविधान हत्या दिवस पालन गऱ्यो, जसलाई भारतीय लोकतन्त्रमा कालो अध्यायको रूपमा स्मरण गरिन्छ। कार्यक्रममा प्रदेश भाजपा उपाध्यक्ष दिनेशचन्द्र नेपाल, मिडिया प्रभारी निरेन भण्डारी, गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा, संयोजक साङ्गे पल्जर लगायत पार्टीका प्रमुख नेताहरू, कार्यकारीहरू, मण्डल अध्यक्षहरू र कार्यकर्ताहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मिडिया प्रभारी निरेन भण्डारीले आपतकालको भयानक इतिहास र सिक्किमसहित भारतभरि यसको गहिरो प्रभावमाथि प्रकाश पारे। उनले सिक्किम मई 1975 मा मात्र भारतीय संघमा विलय भएको भने त्यसको लगत्तै सिक्किम आपतकालको दमनकारी उपायहरूको शिकार भएको थियो भनी बताए। भण्डारीले स्वर्गीय अटल बिहारी वाजपेयी, एलके आडवाणी, नरेन्द्र मोदी लगायत जनसंघका नेताहरूको अथक संघर्षको सम्झाना गरे, जसले लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षा गर्न निरंकुश शासनको विरुद्धमा साहसपूर्वक आवाज उठाएका थिए।
मिडिया प्रभारी भण्डारीले सबै कार्यकर्ताहरूलाई लोकतान्त्रिक मूल्यहरूलाई दृढतापूर्वक कायम राख्न र आपतकालको कालो दिन कहिल्यै नदोहोरियोस् भनेर सुनिश्चित गर्न आग्रह गरे। उनले यस्तो संकट दोहोरिन नदिन भारतको लोकतान्त्रिक सिद्धान्तहरूको रक्षा गर्ने महत्त्वमा जोड दिए।
भारतीय संविधानमा निहित लोकतान्त्रिक सिद्धान्तहरूको रक्षा र सुदृढीकरण गर्ने भाजपा सिक्किमको प्रतिज्ञाका साथ कार्यक्रमको समापन भयो। पार्टीले नागरिकहरूलाई राष्ट्रको लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास विरुद्ध सतर्क रहन र ती कालो दिनहरूमा स्वतन्त्रताको लागि लड्नेहरूको विरासतलाई सम्मान गर्न आग्रह गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

You Might Also Like

Institute for Transforming Sikkim holds first review meeting with officers of Mangan District

MP Indra Hang Subba explores research collaboration between IIT-Guwahati and Sikkim Institutions

जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न

तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी

सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

विधायक दासले विश्व प्रेस स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिए

Aaron Rai Aaron Rai May 3, 2025
Sikkim Rolls Out Statewide Emergency Helpline, Help Desk and Patient Support Services under Visionary and Compassionate Governance
विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्
Sikkim Book Fair Continues at MG Marg with Engaging Literary and Cultural Activities
गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा बिरामीहरूलाई उपचारका लागि सिलगढी पठाइयो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?