By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    Latest News
    पवन चामलिङले जनतालाई न्याय दिलाउन एसडीएफ लागिपर्ने कार्यकर्ताहरूलाई गरे आह्वान
    June 2, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई
    June 2, 2026
    सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने
    May 31, 2026
    गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु
    May 30, 2026
  • Politics
    PoliticsShow More
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राजधानीको भानु उद्यानमा 211औं भानु जयन्ती पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > राजधानीको भानु उद्यानमा 211औं भानु जयन्ती पालन
Art & LiteratureCultureInvestmentLatest NewsNationalSA Nepali

राजधानीको भानु उद्यानमा 211औं भानु जयन्ती पालन

Aaron Rai
Last updated: July 14, 2025 1:56 pm
Aaron Rai Published July 13, 2025
Share
SHARE

गान्तोक, 13 जुलाई। नेपाली साहित्य परिषद् सिक्किमको आयोजनामा आज गान्तोकस्थित भानु उद्यानमा २११औँ भानु जयन्ती समारोह सम्पन्न भयो। कार्यक्रममा मुख्यअतिथिका रूपमा राज्यपाल ओमप्रकाश माथुर तथा विशिष्ट अतिथिका रूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए।
पञ्चकन्याद्वारा मङ्गलाचरणको प्रस्तुतिसँगै कार्यक्रम आरम्भ भएपछि उपस्थित मुख्य अतिथि एवम् विशिष्ट अतिथि, मन्त्रीगण, विभागीय प्रमुख, विभागीय पदाधिकारी लगायत उपस्थित मानिसहरूद्वारा आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिएको जानकारी आईपीआर विभागले विज्ञप्तिमा दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि राज्यपाल ओमप्रकाश माथुरले भानुभक्तप्रति श्रद्धा सुमन अर्पण गर्दै भानुभक्तले नेपाली भाषाको विकासमा पुऱ्याएको योगदानको स्मरण गरे। यसअतरिक्त उनले भानुभक्त आचार्य नेपाली साहित्य जगतमा अमरत्वको प्रतीक रहेको बताउॅंदै भानु जयन्ती केवल सांस्कृतिक उत्सवमात्र नभएर यो सम्पूर्ण नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने पर्वको रूपमा रहेको बताए।
यस्ता कार्यक्रमहरूको संरक्षण एवम् संवर्द्धन गर्न हामी सबैको उत्तरदायित्व रहने र भाषा बाँचेमात्र त्यससँग सम्बन्धित सभ्यता, परम्परा र मूल्यमान्यता जीवित रहने उनले बताए। राज्यपालले विविधतामा एकताको प्रतीक सिक्किमको आफ्नै विशिष्ट अस्तित्व रहेको अनि यसलाई सबैले संरक्षण गर्नुपर्ने विषयमाथि जोड दिए।
स्वर्गीय सानु लामाको आकास्मिक निधनप्रति गहिरो शोक समवेदना प्रकट गर्दै राज्यपालले उनको निधनले भारतीय नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको बताए।
कार्यक्रममा स्वागत सम्भाषण राख्दै भानु जयन्ती समारोहका अध्यक्ष एवं मन्त्री पिन्छोनामग्याल लेप्चाले पद्मश्री पुरस्कारद्वारा सम्मानित स्वर्गीय (जीएस लामा) सानु लामाको भाषा एवम् साहित्यप्रतिको योगदानलाई स्मरण गरेका थिए।
कार्यक्रमको प्रारम्भमा पद्मश्री पुरस्कारद्वारा सम्मानित वरिष्ठ साहित्यकार एवम् लेखक स्वर्गीय (जीएस लामा) सानु लामाको निधनप्रति गहिरो शोक समवेदना प्रकट गर्दै दुई मिनटको मौनधारण गरिएको थियो।
हिजोमात्र नेपाली साहित्य परिषद् सिक्किमका पूर्वाध्यक्ष पद्मश्री पुरस्कारद्वारा सम्मानित स्वर्गीय सानु लामाको आकास्मिक निधनका कारण गान्तोकको मनन केन्द्रमा आयोजना गरिने सम्पूर्ण कार्यक्रम स्थगित गर्दै यस वर्षको २११औँ भानु जयन्ती समारोहलाई भानु उद्यानमा भानुभक्तको सालिकमा माल्यार्पणको कार्यक्रमसम्म मात्र सीमित राखिएको थियो। साहित्यकार शङ्करदेव ढकाललाई प्रदान गरिने यस वर्षको भानु पुरस्कार आगामी नेपाली भाषा मान्यता दिवसको अवसरमा प्रदान गरिने नेपाली साहित्य परिषद्ले जनाएको छ।
कार्यक्रममा मन्त्रीगण, विधायकगण, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, गान्तोक नगर निगमका मेयर नीलबहादुर छेत्री, उपमेयर छिरिङपाल्देन भोटिया, पार्षदगण, नवनियुक्त सल्लाहकारगण, अध्यक्षगण, मुख्य सचिव आर. तेलाङ, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, विभिन्न सङ्गठन एवम् संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक-शिक्षिका एवम् विद्यार्थीहरू आदि उपस्थित थिए।

मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे

विधायक पामिन लेप्चाले छाङ्गु पोखरी, शेरेथाङ र नाथुला सीमा क्षेत्रको भ्रमण गरिन्

14औँ स्थापना दिवस कार्यक्रम भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल: एसकेएम

राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा

मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
ES MoneyInvestmentOpinionSA FeaturesSA NepaliSikkimTravel

City Runner offers Gangtok a chance to rethink public transport

Aaron Rai Aaron Rai September 24, 2025
Sampoornata Abhiyan Samman Samaroh held at Chintan Bhawan
सिक्किमकी चेलीमाथि दिल्लीमा भएको घटनाको एसडीएफ चेली मोर्चाले जनायो भत्सर्ना
मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
CM Declares Major Reforms for Ex-Servicemen, Including Shop Allotment and Police Recruitment Quota
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?