By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए
EconomyEnvironmentNationalPolitician

सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए

Suk Raj Aaron Rai
Last updated: February 13, 2026 4:30 pm
Suk Raj Aaron Rai Published February 13, 2026
Share
SHARE

गान्तोक, 13 फरवरी। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवसँग संसद भवनस्थित कार्यालयमा भेट गरी वन क्षेत्र वरिपरि बसोबास गर्ने मानिसहरूको आजीविकासम्बन्धी महत्वपूर्ण विषयमा तत्काल हस्तक्षेपको माग गर्दै विस्तृत ज्ञापनपत्र बुझाएका छन्। उक्त जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।यस भेटका क्रममा डा. सुब्बाले सिक्किमका संरक्षित वन क्षेत्रसँग सिमाना जोडिएका गाउँहरूमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्वको विषय उठाए। उनले बाली नोक्सानी र मानव सुरक्षामाथि बढ्दो जोखिमका घटनाले ग्रामीण जनजीवनमा गम्भीर असर पारेको तथा धेरै क्षेत्रमा सक्रिय खेतीपाती घट्दै गएको उल्लेख गरे।उनले मन्त्रालयलाई सिक्किमका लागि विशेष कार्यक्रम ल्याउन आग्रह पनि गरे, जसमा वैज्ञानिक न्यूनीकरण उपायहरू, सुदृढ़ र प्रभावकारी क्षतिपूर्ति संयन्त्र, सुरक्षात्मक पूर्वाधार तथा समुदायमा आधारित संरक्षण पहलहरू समावेश गरिनुपर्नेमा जोड दिए। यसबाट किसानको हित र वन्यजन्तुको संरक्षण दुवै सुनिश्चित हुने उनले विश्वास व्यक्त गरे।डा. सुब्बाले सिक्किमको कुल भौगोलिक क्षेत्रफलको ४० प्रतिशतभन्दा बढी भाग संरक्षित वन क्षेत्रमा पर्ने तथ्य पनि केन्द्रिय मन्त्रीको ध्यानमा ल्याए। संरक्षणप्रति राज्यको दृढ़ प्रतिबद्धता दोहोर्‍याउँदै उनले दिगो वन-आधारित इको-पर्यटन प्रवर्द्धनका लागि विशेष आर्थिक प्याकेज आवश्यक रहेको बताए।उनले नियन्त्रित ट्रेकिङ तथा हाइकिङ मार्गहरूको विकास, पर्यावरणमैत्री क्याम्पिङ स्थल स्थापना, इन्टरप्रिटेशन सेन्टर निर्माण तथा समुदाय-नेतृत्वमा पर्यटन कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरे। यस्ता पहलहरूले संरक्षणलाई मजबुत बनाउँदै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने उनको विश्वास व्यक्त गरे।मन्त्री यादवले सांसदद्वारा उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक सुनेर सकारात्मक रूपमा अध्ययन गरिने आश्वासन दिए। डा. सुब्बाले मन्त्रालयबाट लक्षित सहयोग प्राप्त हुने आशा व्यक्त गरे।

विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत

भाजपा व्यापारी मोर्चाका पूर्व प्रदेश अध्यक्ष बीरेन्द्र प्रसादले दिए राजीनामा

सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग

मुख्यमन्त्रीले कलाकार सुनिल थापाको निधनमा दु:ख व्यक्त गरे

DC Namchi Reviews Disaster Preparedness for Maghey Sankranti Mela 2026

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticianSA Nepali

बिजुली आपूर्तिको अनियमितताका कारण जनता मार्कामा परेको एसडीएफको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 10, 2025
पाकिममा वीबी-जी राम जीको राज्यस्तरीय जन सम्मेलन तथा शुभारम्भ कार्यक्रम सम्पन्न
211th Bhanu Jayanti Celebration: First Round of Literature Competition Commences at Soreng
मुख्यमन्त्री तामाङले एसबीएसको वार्षिक लाभांशको चेक ग्रहण गरे
मन्त्री लेप्चाले तारम छु भ्रमण गरी पैह्रोबाट भएको क्षतिको निरीक्षण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?