By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
    May 25, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपी अध्यक्ष सीजेएम समक्ष प्रस्तुत भए, राजनीतिक असहमतिलाई अपराधीकरण गरिएको आरोप
    May 21, 2026
  • Politics
    PoliticsShow More
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए
EconomyEnvironmentNationalPolitician

सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए

Aaron Rai
Last updated: February 13, 2026 4:30 pm
Aaron Rai Published February 13, 2026
Share
SHARE

गान्तोक, 13 फरवरी। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवसँग संसद भवनस्थित कार्यालयमा भेट गरी वन क्षेत्र वरिपरि बसोबास गर्ने मानिसहरूको आजीविकासम्बन्धी महत्वपूर्ण विषयमा तत्काल हस्तक्षेपको माग गर्दै विस्तृत ज्ञापनपत्र बुझाएका छन्। उक्त जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।यस भेटका क्रममा डा. सुब्बाले सिक्किमका संरक्षित वन क्षेत्रसँग सिमाना जोडिएका गाउँहरूमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्वको विषय उठाए। उनले बाली नोक्सानी र मानव सुरक्षामाथि बढ्दो जोखिमका घटनाले ग्रामीण जनजीवनमा गम्भीर असर पारेको तथा धेरै क्षेत्रमा सक्रिय खेतीपाती घट्दै गएको उल्लेख गरे।उनले मन्त्रालयलाई सिक्किमका लागि विशेष कार्यक्रम ल्याउन आग्रह पनि गरे, जसमा वैज्ञानिक न्यूनीकरण उपायहरू, सुदृढ़ र प्रभावकारी क्षतिपूर्ति संयन्त्र, सुरक्षात्मक पूर्वाधार तथा समुदायमा आधारित संरक्षण पहलहरू समावेश गरिनुपर्नेमा जोड दिए। यसबाट किसानको हित र वन्यजन्तुको संरक्षण दुवै सुनिश्चित हुने उनले विश्वास व्यक्त गरे।डा. सुब्बाले सिक्किमको कुल भौगोलिक क्षेत्रफलको ४० प्रतिशतभन्दा बढी भाग संरक्षित वन क्षेत्रमा पर्ने तथ्य पनि केन्द्रिय मन्त्रीको ध्यानमा ल्याए। संरक्षणप्रति राज्यको दृढ़ प्रतिबद्धता दोहोर्‍याउँदै उनले दिगो वन-आधारित इको-पर्यटन प्रवर्द्धनका लागि विशेष आर्थिक प्याकेज आवश्यक रहेको बताए।उनले नियन्त्रित ट्रेकिङ तथा हाइकिङ मार्गहरूको विकास, पर्यावरणमैत्री क्याम्पिङ स्थल स्थापना, इन्टरप्रिटेशन सेन्टर निर्माण तथा समुदाय-नेतृत्वमा पर्यटन कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरे। यस्ता पहलहरूले संरक्षणलाई मजबुत बनाउँदै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने उनको विश्वास व्यक्त गरे।मन्त्री यादवले सांसदद्वारा उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक सुनेर सकारात्मक रूपमा अध्ययन गरिने आश्वासन दिए। डा. सुब्बाले मन्त्रालयबाट लक्षित सहयोग प्राप्त हुने आशा व्यक्त गरे।

You Might Also Like

मुख्यमन्त्रीले पहाडी माताको मन्दिरमा शान्ति, समृद्धि र कल्याणका लागि प्रार्थना गरे

Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods

सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी

स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड

मुख्यमन्त्री प्रेमसिंह तामाङले पश्चिम सिक्किममा निर्माणाधीन विभिन्न परियोजनाहरूको स्थलगत निरीक्षण भ्रमण गरेर

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
ElectronicsInvestmentOpinionSikkim

Training on Digital Census 2027 begins at DAC Gangtok

Aaron Rai Aaron Rai November 3, 2025
Sikkim Partners with National Institute of Design to Boost Creative Economy
एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए
सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे
मुख्यमन्त्री 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको 40औं जन्मदिन समारोहमा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?