By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    जिल्लापालले सिङ्गलिताम र रिम्बीका पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे, दुई परिवारलाई सुरक्षित स्थानमा सारियो
    September 2, 2026
    रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
    September 2, 2026
    सिक्किममा क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचसम्बन्धी पहिलो सरोकारवाला बैठक सम्पन्न
    September 2, 2026
    सिक्किम अकादमीले ‘तेस्रो सिक्किम अकादमी पुरस्कार २०२६’ को लागि आवेदनहरू आमन्त्रित गर्‍यो
    September 2, 2026
  • Politics
    PoliticsShow More
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
EnvironmentInsiderLatest News

रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन

Suk Raj Aaron Rai
Last updated: September 2, 2026 3:52 pm
Suk Raj Aaron Rai Published September 2, 2026
Share
SHARE


गेजिङ, 02 सेप्टेम्बर । गेजिङ जिल्लाअन्तर्गत रिम्बी-सिङ्गलिताम ग्राम पञ्चायत एकाईमा पर्ने रिम्बीमा बुधबार बिहान गएको ठूलो पैह्रो गयो। पैह्रोका कारण ७२औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) मुख्यालयसँगको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ।
एसएसबीका अनुसार, २ सेप्टेम्बर बिहान लगभग ६ः३० देखि ७ बजीको बीचमा ७२औँ बटालियन मुख्यालयबाट अनुमानित ४.५ किलोमिटर टाढा रिम्बी क्षेत्रमा ठूलो पैह्रो गयो। पैह्रोसॅंगै सिक्सा खोलाबाट आएको ठूलो पानीको बहावले गेजिङ-पेलिङ-युक्सम मार्ग (स्टेट हाइवे-२७) को सडकमा क्षति पुर्‍याएको छ।
पैह्रोका कारण ७२औँ बटालियन मुख्यालयतर्फको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ भने उक्त मार्गमा सवारीसाधनको आवागमन ठप्प भएको छ। सौभाग्यवश घटनामा मानवीय क्षति वा सम्पत्तिमा क्षति भएन।
प्रभावित स्थलको ७२औँ बटालियनका कमान्डेन्ट, गेजिङका जिल्लाका जिल्लापाल, गेजिङका सहायक पुलिस अधीक्षक, विद्युत् विभागका अधीक्षक अभियन्ता, सडक तथा पुल निर्माण विभागका कार्यकारी अभियन्ता, वन विभागका प्रतिनिधि तथा रिम्बी जीपीयूकाका अध्यक्ष मंगल राईले संयुक्त निरीक्षण गऱ्यो।
निरीक्षणका क्रममा अधिकारीहरूले पैह्रोबाट उत्पन्न अवस्था, सडक अवरोधको अवस्था तथा सडक सम्पर्क पुनःस्थापनाका लागि आवश्यक कदमबारे मूल्याङ्कन गरेका थिए। प्रभावित मार्ग पुनः सञ्चालनका लागि आवश्यक काम शुरु गरिएको बताइएको छ।
गेजिङका जिल्लापालको अनुरोधमा युक्समस्थित ७२औँ बटालियन एसएसबीको उद्धार तथा राहत टोलीसहित बटालियनका अन्य सुरक्षाकर्मीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरियो। टोलीले जिल्ला प्रशासन तथा सम्बन्धित कार्यान्वयन निकायसँग समन्वय गर्दै पैह्रोको माटो तथा भग्नावशेष हटाउने, प्रभावित सडक सफा गर्ने र सडक सम्पर्क पुनःस्थापना गर्ने कार्यमा सहयोग गऱ्यो। साथै, आवश्यकताअनुसार तत्काल सहयोग उपलब्ध गराउन आरआरटी टोलीले स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जनाइएको छ।
गेजिङ-पेलिङ-७२औँ बटालियन-युक्सम सडक पुनः सञ्चालन गर्न थप सडक निर्माण तथा पुनःस्थापनाको काम शुरु गरिएको छ। स्थलको अवस्था तथा कामको प्रगतिका आधारमा सडक सम्पर्क पुनःस्थापित गर्न करिब ३ देखि ४ दिन लाग्ने अनुमान गरिएको छ। क्षतिग्रस्त लगभग ३० मिटर लामो सडक तथा पुल खण्डको पुनर्निर्माण गरी उक्त मार्गलाई भारी सवारीसाधन सञ्चालनका लागि पूर्ण रूपमा उपयुक्त बनाउन भने करिब ३ देखि ४ महिना लाग्ने अनुमान गरिएको छ।
७२औँ बटालियन एसएसबी, युक्समले नागरिक प्रशासन तथा सम्बन्धित विभागसँग नजिकको समन्वयमा घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताइएको छ। आरआरटी टोली तथा बटालियनका अन्य सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा तैनाथ रहँदै सडक सम्पर्क पुनःस्थापना तथा सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सुरक्षा एवं हित सुनिश्चित गर्न सम्भव सबै सहयोग प्रदान गरिरहेका छन्।

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए

आपदा तयारी र आपतकालीन प्रतिक्रिया व्यवस्थाको आकलन गर्न जिल्लापाल तामलिङको निरीक्षण भ्रमण

State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi

अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई

National Engineers Day Celebrated to Commemorate Retired Senior Engineers and Government Contractors

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DiscoverHealthSA Features

गान्तोकमा ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्’ मनाइयो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 3, 2025
ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction
साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा
गोचेला-जोङ्ग्री पदमार्ग ‘भारतको सर्वश्रेष्ठ पदयात्रा सर्किट’ छनोट, स्वर्ण पुरस्कार प्राप्त
3rd State Ranking Junior U-19 & 1st Majhitar Open Badminton Championship 2025 concludes
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?