By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
    मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले राभाङ्लास्थित एनआईटीको निरीक्षण गरे
    October 17, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यका ४० वटा हिमताल उच्च जोखिमयुक्त तालका रूपमा चिन्हित: सन्दीप ताम्बे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > राज्यका ४० वटा हिमताल उच्च जोखिमयुक्त तालका रूपमा चिन्हित: सन्दीप ताम्बे
EnvironmentJournalismSikkim

राज्यका ४० वटा हिमताल उच्च जोखिमयुक्त तालका रूपमा चिन्हित: सन्दीप ताम्बे

Suk Raj Aaron Rai
Last updated: September 3, 2026 3:51 pm
Suk Raj Aaron Rai Published September 3, 2026
Share
SHARE


गान्तोक, 03 सेप्टेम्बर। विज्ञान तथा प्रविधि विभागको सम्मेलन कक्षमा आज ‘ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) जोखिम न्यूनीकरण’ विषयमा एकदिने सञ्चारकर्मी सचेतना कार्यशाला आयोजना गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङले जीएलओएफ जोखिम न्यूनीकरणबारे सञ्चारमाध्यमलाई सचेत गराउनु महत्त्वपूर्ण रहेको बताए। वैज्ञानिक रूपमा भइरहेका जोखिम न्यूनीकरणका उपायबारे सञ्चारकर्मीमा पर्याप्त जानकारी बढाएर अनुमान तथा अपुष्ट सूचनाको प्रभाव कम गर्न र आम नागरिकसमक्ष प्रमाणित सूचना प्रवाह गर्नुपर्ने उनले बताए।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारले विज्ञान तथा प्रविधि विभागलाई जीएलओएफ जोखिमको मूल्याङ्कन तथा जोखिम न्यूनीकरणसम्बन्धी अध्ययनका लागि नोडल विभाग तोकेको जानकारी दिए। उक्त निर्णय फरवरी २०२५ मा अधिसूचित गरिएको र सम्बन्धित लाइन विभागहरूसँग समन्वय गरी अन्तरविषयगत दृष्टिकोणबाट कार्यान्वयन भइरहेको उनले बताए। राज्यले आपदा पूर्वतयारीको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र भविष्यमा उत्पन्न हुन सक्ने प्राकृतिक आपदाको सामना गर्न तयार रहेको पनि उनले उल्लेख गरे।
विज्ञान तथा प्रविधि एवं शिक्षा विभागका प्रधान सचिव डा. सन्दीप ताम्बेले आफ्नो सम्बोधनमा हिमतालको आकार तथा फैलावटमा हुने परिवर्तनको निगरानी गर्न रिमोट सेन्सिङ प्रविधि तथा स्याटेलाइट तस्बिरले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार, राज्यमा ४० वटा हिमताललाई उच्च जोखिमयुक्त तालका रूपमा पहिचान गरिएको छ। तीमध्ये १६ वटा श्रेणी ‘ए’ मा वर्गीकृत छन्, जसलाई सबैभन्दा बढी जोखिमयुक्त मानिएको छ। त्यस्तै, दुईवटा ताल श्रेणी ‘बी’, नौवटा श्रेणी ‘सी’ मा वर्गीकृत छन् भने १३ वटा ताल अझै वर्गीकरण गरिएका छैनन्।
जोखिमयुक्त हिमतालका लागि स्थलगत अध्ययन शुरु भइसकेको जानकारी दिँदै उनले रिमोट सेन्सिङ, पानीको बहाव तथा जलस्तर अध्ययन, इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी अन्य भूभौतिकीय अध्ययन, डीजीपीएस सर्वेक्षण, बाढी मोडलिङ, जोखिम मूल्याङ्कन, तालको जलस्तर घटाउने तथा बाढी नियन्त्रण संरचना निर्माणको सम्भाव्यता अध्ययन र बाथिमेट्रिक अध्ययनलगायतका काम भइरहेको बताए।
सबै हिमतालका लागि एउटै रणनीति लागू गर्न नसकिने उल्लेख गर्दै उनले ल्होनाक कम्प्लेक्स, शाको छो ताल र गुरुडोङ्मार कम्प्लेक्सका लागि छुट्टाछुट्टै प्रस्ताव तयार गरिएको जानकारी दिए। शाको छो तालको डिटेल्ड प्रोजेक्ट रिपोर्ट राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणमा बुझाइएको तथा प्रिलिमिनरी प्रोजेक्ट रिपोर्ट जल शक्ति मन्त्रालयमा पेश गरिएको उनले बताए। साथै, केन्द्रिय जल आयोगले सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभागसँगको सहकार्यमा ल्होनाक कम्प्लेक्सअन्तर्गत मुगुथाङ नजिकै डोल्मा साम्पामा बाढी नियन्त्रण तथा रोकथाम संरचनाका लागि डीपीआर तयार गरिरहेको जानकारी दिए।
गुरुडोङ्मार कम्प्लेक्सका सम्बन्धमा तालको निकास क्षेत्रमा मोरेन प्लग वाल निर्माणको प्रस्ताव गरिएको उनले बताए। विज्ञान तथा प्रविधि विभागले ब्रह्मपुत्र बोर्डसँगको सहकार्यमा जीएलओएफ जोखिम न्यूनीकरण गर्दै तालको सांस्कृतिक तथा धार्मिक पवित्रता र महत्वलाई संरक्षण गर्ने उद्देश्यले प्रस्ताव तयार गरिरहेको छ।
विज्ञान तथा प्रविधि विभागका प्रधान निर्देशक एवं सचिव डीजी श्रेष्ठले सिक्किममा जीएलओएफ अध्ययनसम्बन्धी प्रस्तुति दिँदै सन् २०२३ को विनाशकारी जीएलओएफ घटनाबाट राज्यले ठूलो क्षति व्यहोर्नुपरेको बताए। उनले भविष्यमा हुने हिमतालजन्य बाढीबाट राज्यलाई सुरक्षित राख्ने, लचिलो पूर्वाधारसँगै पूर्वसूचना प्रणाली स्थापना गर्ने, सडक, बाँध, पुल तथा बस्ती जस्ता हिमाली पूर्वाधारलाई भविष्यका आपदाबाट जोगाउने, जीएलओएफ जोखिम न्यूनीकरणका लागि आवश्यक प्रस्ताव विकास गर्ने तथा जीएलओएफ जोखिम न्यूनीकरणमा सिक्किमलाई अग्रणी राज्यका रूपमा स्थापित गर्ने सरकारका दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी दिए।

पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास

सरकार समग्र विकास र कल्याणको लागि बुनियादी पूर्वाधारहरूलाई सुदृढ़ पार्न प्रतिबद्ध: मुख्यमन्त्री

Sikkim INSPIRES & H&FW Department Launch Program on Youth Mental Health & Suicide Prevention

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderInvestmentNationalOpinion

पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 7, 2026
सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम
एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
छोग्याल सर टाशी नामग्याल मेमोरियल कपमा एसएसबीको रोमाञ्चक जित, आक्रमण एससी पराजित
एनसीसी गवर्नर मेडल समारोहमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?