By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम पूर्व विधायक महासंघले २४औँ स्थापना दिवस मनायो, रजत जयन्ती भव्य रुपमा मनाउने निर्णय
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिक्किम पूर्व विधायक महासंघले २४औँ स्थापना दिवस मनायो, रजत जयन्ती भव्य रुपमा मनाउने निर्णय
InsiderNortheastPolitician

सिक्किम पूर्व विधायक महासंघले २४औँ स्थापना दिवस मनायो, रजत जयन्ती भव्य रुपमा मनाउने निर्णय

Suk Raj Aaron Rai
Last updated: July 27, 2026 12:35 pm
Suk Raj Aaron Rai Published July 27, 2026
Share
SHARE

गान्तोक, 26 जुलाई । सिक्किम पूर्व विधायक महासंघले आइतबार गान्तोकस्थित आफ्नो मुख्य कार्यालयमा २४औँ स्थापना दिवस मनाउँदै संगठनलाई थप सुदृढ़ बनाउने तथा आगामी वर्ष आयोजना हुने रजत जयन्ती समारोहको तयारीका लागि चार महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।कार्यक्रमको अध्यक्षता महासंघका वरिष्ठ सदस्य तथा मुख्यमन्त्रीका वरिष्ठ सल्लाहकार सोनाम काल्योनले गरेको थियो। बैठकमा महासंघको भावी कार्ययोजना, स्मारिका प्रकाशन, पूर्वाधार विकास तथा संगठनात्मक सुधारसम्बन्धी चार प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।पहिलो प्रस्तावअनुसार, महासंघको रजत जयन्ती समारोह २६ जुलाई, २०२७ मा गान्तोकमा भव्य रूपमा आयोजना गरिनेछ। उक्त समारोहमा मुख्यमन्त्रीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिने प्रस्ताव गरिएको छ। महासंघले यो समारोहलाई सिक्किमको सेवा, एकता र विकासप्रतिको समर्पणको प्रतीकका रूपमा मनाउने जनाएको छ।दोस्रो प्रस्तावअन्तर्गत रजत जयन्ती वर्षको अवसरमा स्मारिका प्रकाशन गर्ने निर्णय गरिएको छ। यसका लागि बिरबल सुब्बा, दाउछो लेप्चा, केटी.श ग्यालछेन, भीम ढुङ्गेल तथा एके घातानी सदस्य रहेको सम्पादकीय समिति गठन गरिएको छ।तेस्रो प्रस्तावमार्फत महासंघले आर्थिक वर्ष २०२६-२७ को राज्य बजेटमा महासंघका लागि नयाँ अतिथि गृह-सहित कार्यालय भवन निर्माणका लागि बजेट व्यवस्था गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा सिक्किम सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ। स्थायी भवन निर्माण सम्पन्न नहुँदासम्म कार्यालय सञ्चालनका लागि अस्थायी व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।चौथो प्रस्तावअनुसार महासंघको संशोधित विधान, ज्ञापनपत्र तथा संविधान सर्वसम्मत रूपमा पारित गरिएको छ। संशोधित दस्तावेजले संगठनात्मक संरचनालाई थप सुदृढ़ बनाउने, उद्देश्य तथा सदस्यताको मापदण्ड स्पष्ट गर्ने, पारदर्शिता सुनिश्चित गर्ने तथा वर्तमान आवश्यकताअनुसार महासंघलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष जीएम गुरुङले यस वर्ष स्थापना दिवस आन्तरिक रूपमा मनाइएको भए पनि २०२७ मा हुने रजत जयन्ती समारोहलाई भव्य रूपमा आयोजना गर्ने तयारी शुरु भइसकेको जानकारी दिए। उनले राज्य सरकारले महासंघको नयाँ कार्यालय-सहित अतिथि गृह निर्माणका लागि बजेट विनियोजन गर्नुका साथै ५,१०० वर्गफुट जग्गा उपलब्ध गराएको बताउँदै २४ वर्षपछि प्राप्त भएको यो उपलब्धिले महासंघलाई स्थायी संस्थागत आधार प्रदान गर्ने उल्लेख गरे।कार्यक्रमका अध्यक्ष सोनाम काल्योनले महासंघले २४ वर्ष पूरा गरेको अवसरमा सबै सदस्यहरूलाई बधाई दिँदै कार्यसमितिले पूर्व विधायकहरू तथा दिवंगत सदस्यहरूको परिवारलाई एकै ठाउँमा ल्याई उनीहरूको राज्य र राष्ट्रप्रतिको योगदानलाई सम्मान गर्ने प्रयासको प्रशंसा गरे। उनले पूर्व जनप्रतिनिधिहरूको अनुभव र मार्गदर्शन सिक्किमको निरन्तर विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै राज्य सरकार र महासंघबीचको सहकार्य आगामी दिनहरूमा अझ सुदृढ़ हुँदै जाने विश्वास व्यक्त गरे।

भाजपा सिक्किमद्वारा राष्ट्रिय खेलकुद विश्वविद्यालय र साई केन्द्रहरू स्थापना गर्न आह्वान

निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट

मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट

मुख्यमन्त्रीले मंगन जिल्लामा उद्धार एवं राहत कार्यहरूलाई तीव्र बनाउन दिए निर्देश

वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Awareness programme on ‘Meri Policy Meri Haat’ in Pakyong District

IPR Report IPR Report October 22, 2024
एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity
हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं: गणेश राई
सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?