By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान
    March 17, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न
Latest NewsSA NepaliSikkim

जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न

Aaron Rai
Last updated: July 23, 2025 4:45 pm
Aaron Rai Published July 23, 2025
Share
SHARE

‘

गान्तोक, 23 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले प्रत्येक वर्ष 10 अगस्तमा पालन गर्दै आइरहेको ‘जन उन्मुक्ति दिवस’ यसपल्ट अझ भव्य र फरक तरिकाले मनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा यसपल्ट उक्त कार्यक्रमलाई जन उन्मुक्ति दिवस सँगसँगै ‘आमा सम्मान दिवस’ को रूपमा पालन गरिने पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीले आज जानकारी दिए।
आगामी जन उन्मुक्ति दिवस एवं आमा सम्मान दिवस कार्यक्रम सम्बन्धी आज रम्फू पर्यटन अतिथि गृहमा पहिलो बैठक आयोजन गरियो। पार्टीका कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चाको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीले आमाहरूको सम्मानमा 10 अगस्तको जन उन्मुक्ति दिवससँगै आमा सम्मान दिवसको रूपमा पालन गरिने पार्टी अध्यक्षको निर्देश रहेको बताए।


आज बसेको सभामा कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चा, सेक्रेटेरी जेनरल अरुण उप्रेतीका साथै पार्टीका मुख्य समन्वयक सोनाम लामा, मन्त्रीगण, विधायकगण, प्रवक्ता एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिरेन्द्र तामलिङ, प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र विकास बस्नेत, विभिन्न विभागका सल्लाहकारगण, अध्यक्षगण, ओएसडीगण, मेयर, उपमेयर, सीएलसी अध्यक्षगण लगायत पार्टीका विभिन्न पदमा रहेका पदाधिकारीगणको उपस्थिति रहेको थियो।
प्रथम आमा सम्मान दिवसको अवसरमा आमाहरूलाई सम्मान गर्दै ‘सिक्किम आमा सशक्तिकरण योजना’ अन्तर्गत आमाहरूलाई पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीद्वारा चेक हस्तान्तरण गरिनेछ। यस योजना अन्तर्गत आमाहरूका लागि प्रदान गरिने ग्यास सिलिण्डरसमेत सो कार्यक्रमबाट वितरण गरिने निर्णय गरिएको छ। विशेषतः पार्टीद्वारा जति पनि सञ्चालनमा ल्याइएका आमासित सम्बन्धित योजनाहरू छन्, ती योजनाहरूबाट लाभ प्राप्त गर्ने आमाहरूलाई यसै दिन सम्मानका साथ सहुलियत, सहयोग वा सेवा उपलब्ध गराइने बताइएको छ।


10 अगस्तको वृहत् समारोह सम्बन्धी आज बसेको पहिलो बैठकमा पार्टीका सेक्रेटेरी जेनरलले कामको बाँड़फाँड़सँगै पार्टी कार्यकर्तालाई विभिन्न जिम्मेवारी र दायित्व सुम्पिँदै सबैले दत्तचित्त भएर कार्यक्रलाई सफल पार्नमा सहयोग पुऱ्याउने आह्वान गरे। समारोहको निम्ति पुनः केही दिनमा दोस्रो तयारी बैठक आयोजन गरिने निर्णय गरिएको छ। आजको सभालाई पार्टीका प्रमुख समन्वयक सोनाम लामा र प्रवक्ता जेकब खालिङले पनि सम्बोधन गरेको जानकारी एसकेएम सोशल मिडिया शाखा अध्यक्ष नवीन दाहालले प्रेस विज्ञप्तिमा दिएका छन्।

You Might Also Like

लोकभवनमा शहीद दिवस मनाइयो

Tourist permit system decentralized for Nathu La & North Sikkim

विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा

Sikkim Partners with National Institute of Design to Boost Creative Economy

दिशाको त्रैमासिक बैठक आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
JournalismSikkim

पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित

Aaron Rai Aaron Rai May 24, 2025
Coordination Meeting held for upcoming Super Car Rally in Sikkim
सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी
Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?